१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसले सातै प्रदेशको केन्द्रमा मिडिया सेन्टर स्थापना गर्ने


२३ कार्तिक २०७४, बिहिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सहरमा निर्वाचन प्रचारका लागि मिडिया सेन्टरको स्थापना गर्ने जनाएको छ ।
निर्वाचनका लागि प्रदेश नम्बर एकका लागि इटहरी, दुईका लागि जनकुपर र वीरगन्ज, तीनका लागि चितवन, चारका लागि पोखरा, पाँचका लागि बुटवल र नेपालगन्ज, छका लागि सुर्खेत र सात नम्बर प्रदेशका लागि धनगढीमा मिडिया सेन्टर खोलिने कांग्रेस केन्द्रीय मिडिया सेन्टरका डा सुरेश आचार्यले जानकारी दिए ।
शनिबारबाट मिडिया सेन्टर सञ्चालनमा आउने कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७४, बिहिबार  ९ : ०५ बजे