न्युयोर्क । ह्योल्मो सोसाईटी अफ अमेरिकाको महाधिवेशनले निवर्तमान अध्यक्ष दावा ल्होबा ह्योल्मोकै नेतृत्वमा तीन वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ ।
नोभेम्बर १२ मा सम्पन्न महाधिवेशनबाट ल्होबालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा चेङा लामा ह्योल्मो, उपाध्यक्षमा किन्ज्यो ओमो ह्योल्मो, महासचिवमा तेन्जिङ रिन्क्षेन ह्योल्मो, सचिवमा दिकी वाङमो ह्योल्मो, कोषाध्यक्षमा केसाङ डोल्मा ह्योल्मो, सह–कोषाध्यक्षमा निमा लामा ह्योल्मो रहेका छन् भने कार्यसमिति सदस्यहरुमा पेमा लामा ह्योल्मो, टासी ज्याबा ह्योल्मो, ल्हाक्पा लामा ह्योल्मो, पासाङ लोप्साङ ह्योल्मो र छिरीङ लामा ह्योल्मो रहेका छन् ।
ह्योल्मो सोसाईटी अफ अमेरिकाको सभा हलमा सम्पन्न उक्त महाधिवेशनमा निवर्तमान कार्यसमितिले गरेका प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो । उक्त अवसरमा सोसाईटीका अध्यक्ष दावा ल्होबाले ह्योल्मो सोसाईटी अफ अमेरिकाको आफ्नै भवन स्थापना गर्न संस्थाले अघि सारेका भावी योजनाबारे पनि प्रकाश पारेका थिए । सोही कार्यको लागि गठित ह्योल्मो सामुदायिक केन्द्र व्यवस्थापन ट्रस्टको कोषमा सेर्माथाङ गाँउका पासाङ लामा ह्योल्मोका परिवारले १०,००० डलर, छिमी गाँउका टासी ज्याबा ह्योल्मोले ५,००० डलर, ज्याल्सा गाँउका क्याम्बीर लामा ह्योल्मोले ५,००० डलर र सेर्माथाङ गाँउकै पेमा लामा ह्योल्मोले ५,००० डलर गरी जम्मा २५,००० डलर कोष संकलन गरिएको थियो । सन् २०२० सम्ममा आवश्यक कोष संकलन गरी अमेरिकामा ह्योल्मो समाजको आफ्नै भवन स्थापना गर्ने लक्ष्य रहेको र सोको निम्ति कोष संकलन कार्यलाई तीब्र रुपमा अघि बढाउने योजना रहेको ट्रस्टी बोर्डका सदस्य ल्हाक्पा दिकी ह्योल्मो उपस्थित सदस्यहरुमा जानकारी गराएका थिए ।
कार्यक्रमको अर्काे सत्रमा सोसाईटीका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक तेम्बा दोङबा ह्योल्माले आफ्नो जिम्मेवारी पुरा गर्दै सर्वसम्मतकासाथ अर्को कार्यकालको लागि निर्विरोध रुपमा वर्तमान अध्यक्ष दावा ल्होबाकै नेतृत्वमा नयाँ कार्यसमितिको गोषणा गरिएको थियो । कार्यसमितिको घोषणालगतै नव निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई शपथग्रहण गराएका थिए । नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ह्योल्मो सोसाईटी अफ अमेरिकाको संस्थापक पेमा लामा ह्योल्मो र ह्योल्मो सामुदायिक केन्द्र व्यवस्थापन ट्रस्टका ट्रस्टी बोर्डका सदस्य ल्हाक्पा दिकी ह्योल्मोले खादा लगाई बधाई तथा शुभकामना व्यतm गरेका थिए ।