९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

बम विस्फोटले रोकिएन कार्यक्रम, डा महतले भने-वाम गठबन्धनले मलाइ बम हाने


२ मंसिर २०७४, शनिबार  

0
Shares

नुवाकोट । कायरतापूर्ण पराकाष्ठा बाबजुद ककनी गाउँपालिका वडा नं. ७ चतुरालेमा नेपाली कांग्रेसको चुनावी सभा सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न उक्त सभामा प्रमुख अतिथि सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य डा. रामशरण महतले विकास र समृद्धी नचाहने अराजकता समूह बाम गठबन्धनमा हावी भएकोले मलाई इगिंत गरेर बम प्रहार गरेको बताए । यसैगरी विगतमा कांग्रेस र कम्युनिष्टले नुवाकोटको विकासमा गरेको कामको मुल्यांकन गर्दै नेतृत्व छान्न जनतालाई आग्रह गरे ।

प्रदेश सभा समानुपातिक उम्मेदवार कृष्णबहादुर लामाले राष्ट्रको विकासमा जोड गर्ने लोकतान्त्रिक पार्टी कांग्रेसलाई विपक्षले विभिन्न क्रियाकलापबाट विचलित बनाउने दुष्प्रयास गरेको बताए । यस्ता क्रियाकलापबाट कोही पनि विचलित नहुन लामाले आग्रह गरेको छ ।

कांग्रेस वडा इकाईको सभापति बद्रीराज थपलियाको सभाध्यतामा सम्पन्न उक्त सभामा अन्य अतिथिहरु क्षेत्रिय अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, जिसस सदस्य सम्झना सेंढाई, तादी गापा अध्यक्ष नारायण पाण्डे, नेका ककनीका संयोजक अशोक लामा, नेता कृष्ण कुँइकेल, गापा वडा सदस्य पदमराज पौडेल, गापा प्रत्यासी उम्मेदवार दिपेश लामा लगायतले मन्तव्य राखेका थिए ।

सभामा अन्य पार्टीका कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए ।

इकाई बरिष्ठ नेता ठुलोकान्छा तामाङले स्वागत गरेको उक्त सभालाई वाल्मिकी विद्यापीठका नेवि संघ उपाध्यक्ष बरदान थपलियाले संचालन गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार  १२ : ३६ बजे