२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

पेम्बाको कीर्तिमान सर्वोच्चद्वारा खारेज


१३ मंसिर २०७४, बुधबार  

6
Shares

लाक्पा गेलु शेर्पा

काठमाडाै‌ं । २०६० जेठ ९ गते पेम्बा दोर्जे शेर्पाले १२ घन्टा ४५ मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा कम समयमा सगरमाथा अाराेहणको विश्व कीर्तिमान बनाएका थिए।

तर, तीन दिन नबित्दै लाक्पा गेलु शेर्पाले १० घन्टा ५६ मिनेटमा सगरमाथा आरोहण गरेर तत्कालै नयाँ कीर्तिमान बनाए।

अाफ्नो कीर्तीमान ३ दिन पनि नटिकेपछि पेम्बाले अाफ्नो कीर्तिमानमात्र अाधिकारिक भएको भन्दै पर्यटन बोर्डमा उजुरी हाले। तर, उनको दाबीमा कुनै सुनुवाइ भएन।

त्यसपछि पेम्बाले २०६१ जेठ ८ मा ८ घन्टा १० मिनेटमा आरोहण गरेर आफ्नै कीर्तिमानी बनाएको दाबी पेस गर्दै गिनिज रेकर्डबाट प्रमाणपत्र लिए।

पेम्बा दोर्जी शेर्पा अाफ्नो रेकर्ड देखाउँदै। उनको कीर्तिमानी सर्वोच्चले खारेज गरेको छ।

त्यसलगत्तै लाक्पा गेलुले उक्त दिन कसैले सगरमाथा अाराेहण नगरेको प्रमाणसहित सर्वोच्चमा उजुरी हाले।

अन्तत: पेम्बाको दाबी झुठ ठहरियो र यही मंगलबार कुनै आधार नभएको भन्दै उनको कीर्तीमानी खारेज गरियो। सर्वोच्चका न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले उक्त निर्णय गरेका थिए।

मन्त्रिपरिषद्ले समेत पेम्बाको कीर्तिमानी कायम गरेको देखिएको भएपनि पेम्बाले उक्त दिन सगरमाथा चुमेको कुनै अाधार नभेटिएको भन्दै कीर्तीमानी खारेज गरिएको लाक्पा गेलुका वारेसनामा खोजिन्द्रप्रसाद घिमिरेले बताए।

 

प्रकाशित मिति : १३ मंसिर २०७४, बुधबार  ९ : २७ बजे