२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

माधवी सिंह शाहको ‘अघि सरेका पाइला’ सार्वजनिक


२९ मंसिर २०७४, शुक्रबार  

0
Shares

काठमाडौं: बिएन पुस्तक संसार प्रालिद्वारा प्रकाशित एव प्राडा माधवी सिंह शाहद्वारा लिखित अघि सरेका पाइला नामक पुस्तक सार्वजनिक गरिएको छ।

बिहिबार राजधानीको बबलरमहलस्थित  साप फाल्चामा आयोजित कार्यक्रममा वरिष्ठ कथाकार माया ठकुरीले उक्त पुस्तक सार्वजनिक गरेकी हुन्।

पुस्तकले विभिन्न समाज,पात्र र मानवीय सम्बन्धबारे निकै गहन रुपले चर्चा गरेको धारणा ठकुरीको थियो । त्यसैगरी प्राडा मदनकुमार दाहाल र समाजसेवी एवम् लेखिका दुर्गा घिमिरेले पुस्तक सामाजिक सम्बन्धबारे गतिलो सामग्री भएको धारणा राखे।

त्रि.वि. अर्थशास्त्र, केन्द्रीय विभागकी पूर्व प्रमुख समेत रहेकी शाहले मानब अधिकार र दायित्व,महिला तथा बालबालिका क्षेत्रमा समेत लामो समय देखि काम गर्दै अाएकी छन् । उनले उक्त पुस्तकमा अध्ययन, अनुसन्धानका क्रममा विश्वका विभिन्न समाजमा पुग्दा भेट भएका पात्रबारे निकै मार्मिक ढंगले प्रकाश पारेकी छन् । अचेल सामाजिक जीवन र मानवीय मूल्यमा जसरी ह्रास आएको छ, त्यसमा लेखकले चिन्ता गर्दै पात्रका माध्ययमबाट पुस्तकमा आफ्ना अभिब्यक्ति दिएकी छिन् ।

 

प्रकाशित मिति : २९ मंसिर २०७४, शुक्रबार  ५ : ४५ बजे