२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

पार्टी एकताबारे माओवादीमा महाधिवेशनको माग, असन्तुष्टको बेग्लै भेला तयारी


९ पुस २०७४, आइतबार  

0
Shares

काठमाडौ‌ । नेकपा माओवादी केन्द्रका नेता गोपाल किराँती, आहुतीलगायतले पछिल्लो वाम गठबन्धन र पार्टी एकताबारे धारणा बनाउन बेग्लै भेला बोलाउने तयारी गरेका छन्।

दुर्इ वाम शक्ति नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताबारे आफ्नो समूहको धारणा बनाउन पुस ११ गते भेला डाकेको किराँतीले जानकारी दिए।

उनले भने, ‘अहिले सबैतिर पार्टी एकीकरणकै कुरा भइरहेको छ, हामी यसबारे धारणा बनाउन ११ गते भेला बस्दैछौं।‘भेलाले एकीकरणका लागि पार्टीले लिनुपर्ने अडान तय गर्ने उनले बताए।

पार्टी एकीकरणपूर्व माओवादीकै महाधिवेशन हुनुपर्ने र महाधिवेशनले निर्देश गरेअनुसार एकता हुनुपर्ने किराँतीको भनाइ थियो।

उनले भने, ‘पहिले त महाधिवेशन हुनुपर्छ। महाधिवेशनले जे निर्देश गर्छ त्यसैअनुसार पार्टी अगाडि बढ्नुपर्छ। यो बेला भनेको माओवादी केन्द्रलाई नै सृदृढ गर्ने समय हो।‘

प्रकाशित मिति : ९ पुस २०७४, आइतबार  ९ : ४४ बजे