११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा ख्रीष्टमसको शुभकामना


१० पुस २०७४, सोमबार  

0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डरीले क्रिसमसका अवसरमा शुभकामना सन्देश जारी गरी नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश हो भन्दै यहाँ मनाइने हरेक चाड पर्व राष्ट्रिय धरोहरका रुपमा रहेका छन् र यी चाडपर्वले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बताएकी छन्।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले महान् पर्व क्रिसमस–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली  क्रिस्चियनमा सुख, सुस्वास्थ्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले विज्ञप्तिमार्फत नेपाली समाज विविध धर्म र संस्कृतिको संगमस्थल भएको उल्लेख गर्दै नेपालको संविधानले सबेै धर्म र संस्कृतिको सम्मान र धार्मिक सांस्कृतिक स्वतन्त्रतालाई अंगीकार गरेको बताए।

संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै धर्म निरपेक्षता घोषणा गर्नुका साथै राज्यले क्रिसमस पर्वलाई येशु ख्रीष्टको शुभ जन्मदिवसका रुपमा मान्यता दिएको छ । सरकारले पुस १० लाई राष्ट्रिय पर्वको मान्यता प्रदान गर्दै सार्वजनिक विदा घोषणा गरेको छ ।

प्रकाशित मिति : १० पुस २०७४, सोमबार  ९ : ४८ बजे