२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

अब सरकार गठनपछिमात्र पार्टी एकता-लालबाबु पण्डित


११ पुस २०७४, मंगलबार  

0
Shares

काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले एमाले र माओवादीको एकता सरकार गठनपछि मात्र हुने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले सरकार गठनपछि मात्रै पार्टी एकता हुने बताएका हुन्। उनले भने,‘पार्टी एकता हुनेमा कुनै शंका छैन, पहिले सरकार गठन हुन्छ, अनिमात्रै हामी पार्टी एकतामा जुट्छौं।’

पण्डितले सरकारको नेतृत्व आलोपालो नहुने उल्लेख गर्दै पुरै पाँच वर्ष एमाले अध्यक्ष केपी शर्मा ओलीले नै चलाउने दाबी गरे। उनले भने,‘आलोपालो हुँदैन, पूरा पाँच वर्ष केपी ओली नै सरकार चलाउनुहुन्छ, यसमा कुनै दुई मत छैन, प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष दुवै ओली बन्नपनि सक्नुहुन्छ, अहिले हामी छलफलमा जुटेका छौं।’

 

प्रकाशित मिति : ११ पुस २०७४, मंगलबार  ७ : ०३ बजे