१ माघ २०८२, बुधबार | Wed Jan 14 2026

गायक सुमन राईको म्युजिक भिडियो सार्वजनिक


२३ पुस २०७४, आइतबार  

0
Shares

काठमाडौं । गायक सुमन राईको छैठौं एल्बमको छैठौ गीत एक कार्यक्रमबीच विमोचन गरिएको छ ।

गीतको भिडियो भने युट्युबमार्फत सार्वजनिक गरिएको छ।

एल्बमको छैंठौं गीत तिमी भन्दा…  बोलको म्यूजिक भिडीयो सम्पादन तथा निर्देशन अनिल महर्जनले गरेका हुन्।

गीतमा गायक राईकै संगीत रहेको छ भने गीतकार सीताराम खड्का हुन्। संगीत संयोजन  कुमार थापाको रहेको छ। म्युजिक भिडियोमा अनिस मगर, रोहानी लामा, रविन गहतराज, मुकेश राई, पृथ्बी बान्तावा राई, रहेको छन्।

एल्बममा सात वटा गीत रहेकोमा छ वटा गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्बजनिक भएको हो।

यस मध्येका चारवटा गीतको निर्देशन तथा छायाँकन जीबी लामाले गरेका हुन् भने यसै मध्यको पर्खि बस्नु सोल्टिनी… लाई बिज्ञान राना मगरले निर्देशन गरेका हुन्।

प्रकाशित मिति : २३ पुस २०७४, आइतबार  १० : २१ बजे