३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

यी हुन् सरकारले तोकेको प्रदेशको अस्थायी केन्द्र र प्रदेश प्रमुख


३ माघ २०७४, बुधबार  

0
Shares

काठमाडौं: प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको कार्य सञ्चालनका लागि केन्द्र निर्धारण गरेको र प्रदेश प्रमुखको नाम सिफारिश गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए।

प्रदेश नं १ को विराटनगर (मोरङ), प्रदेश नं २ को जनकपुर (धनुषा), प्रदेश नं ३ को हेटौँडा (मकवानपुर), प्रदेश नं ४ को पोखरा (कास्की), प्रदेश नं ५ को बुटवल (रुपन्देही), प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को धनगढी (कैलाली) तोकिएको छ ।

त्यसैगरी सरकारले संविधानको धारा १६३ को उपधारा २ अनुसार प्रदेश नं १ मा प्रा डा गोविन्दबहादुर तुम्बहाङ, प्रदेश नं २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ मा अनुराधा कोइराला, प्रदेश नं ४ मा बाबुराम कुँवर, प्रदेश नं ५ उमाकान्त झा, प्रदेश नं ६ मा दुर्गा केशर खनाल र प्रदेश नं ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख तोकेको छ ।

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार  ९ : ५५ बजे