१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

टिपिएस नविकरणको लागि नेपाल सरकारलाई विशेष अपिल


Ang

१२ माघ २०७४, शुक्रबार  

0
Shares

बरिष्ठ कानुन व्यवसायी तथा नेपाल सरकारको अबैतानिक एनआरएन सल्लाहकार खगेन्द्र जिसिले भुकम्पपछि अमेरिकामा कागजविहिन नेपालीले पाइरहेको टेम्पोररी प्रोटेक्टेट स्टाटस(टिपिएस) सुविधा नविकरणका लागि नेपाल सरकारको प्रधानमन्त्री र परराष्ट्रमन्त्री लगायत सम्बन्धित निकायलाई अमेरिकी सरकार समक्ष पहल गर्न विशेष अपिल गरेको छ ।

भुकम्पपछि अमेरिकामा रहेका करिब १४ हजार ७ सय ९१ जना नेपालीले टिपिएस सुविधा पाएको थियो । १८ महिनाको लागि दिदै आएको टिपिएसको म्याद आगामी जुनको २४ तारिख सकिदै छ । टिपिएसले कागजविहिन नेपालीलाई देश निकालाको त्रास बिना काम गर्न पाउने गरी सन २०१५ को जुन २४ तारिखबाट यो सुविधा दिएको थियो । कानुन व्यवसायी तथा एनआरएन सल्लाहका क्षेत्रीले नेपाल सरकार समक्ष गरेको अपिल यस प्रकार छ ।

विशेष अपिल

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले देशनिकालाको डरबिना अमेरिकामा बसेर काम गर्न पाउनेगरी सन् २०१५ को जुन २४ देखि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस अर्थात् टीपीएस प्राप्त गरेका थिए । नेपाल सरकारका निकायहरु, अमेरिकामा रहेका नेपाली सामाजिक संघ संस्था, सामाजिक व्यक्तित्वहरु, अमेरिकी राजनीतिज्ञहरु लगायत सबैको पहलमा अमेरिकी सरकारले नेपाललाई टीपीएस प्रदान गरेको थियो । तर अब टीपीएसको अवधि आगामी जुन २४ बाट समाप्त हुँदैछ ।

नेपाल टीपीएसबारे अमेरिकी सरकारले अवधि सकिनुभन्दा ६० दिन अगाडि अर्थात् आगामी अप्रिलको अन्तिम साता अगाडि नै निर्णय लिने भएकाले टीपीएसको अवधि थप गराउन अहिले नै विशेष पहलको जरुरी देखिएको छ । त्यसका लागि नेपाल सरकार र नेपाल सरकारको परराष्ट्र मन्त्रालयको विशेष पहल जरुरी छ । नेपाल सरकार र परराष्ट्र मन्त्रालयले अमेरिकी सरकार समक्ष विशेष पहल गरेमामात्र टीपीएसको अवधि थपिने सम्भावना रहने भएकाले म नेपाल सरकारको अवैतनिक एनआरएन सल्लाहकारका रुपमा नेपालका सरकारका प्रधामन्त्री र परराष्ट्रमन्त्री लगायत सम्बन्धित निकायमा टीपीएस नविकरणका लागि अमेरिकी सरकार समक्ष पहल गर्नका लागि विशेष आग्रह गर्दछु ।

अमेरिकी सरकारको तथ्यांक अनुशार अमेरिकामा रहेका कुल १४ हजार ७ सय ९१ जना नेपालीहरुले टीपीएस प्राप्त गरेका थिए । जसमध्ये कैयनले आफ्नो स्टेटस एड्जस्ट गरिसकेकाले ८ हजार ९ सय ५० जना नेपालीलाई टीपीएस नविकरणको आवश्यकता छ । यदि नेपालको टीपीएस नविकरण नभएमा त्यसमध्ये सयौं नेपालीहरुले अमेरिकाबाट देशनिकालाको सामना गर्नुपर्नेछ । अमेरिकी सरकारले एकपछि अर्को देशको टीपीएस समाप्त गर्दै गएको अवस्थामा सयौं नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला हुनबाट बचाउन नेपाल सरकारले अमेरिकी सरकारसमक्ष बेलैमा टीपीएस नविकरणको लागि पहल गर्न आवश्यक छ । त्यसका लागि म नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अमेरिकामा रहेको नेपाली दूतावाससमक्ष पहल गर्नका लागि विशेष अनुरोध गर्दछु । साथै टीपीएस नविकरणका लागि सकृय अमेरिकामा रहेका नेपाली संघ संस्था, आप्रवासी सम्बन्धित संघ संस्था, सामाजिक व्यक्तित्व, अमेरिकी राजनीतिज्ञहरु, संचारकर्मीहरु लगायत सबैमा विशेष आभार प्रकट गर्दै सकृयता अझ बढाउन आब्हान गर्दछु । साथै अमेरिकी सरकार र डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष पनि नेपालको टीपीएस नविकरणका लागि विशेष आग्रह गर्न चाहन्छु ।

खगेन्द्र जीसी
अवैतनिक एनआरएन सल्लाहकार, MOF, नेपाल सरकार

 

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार  ९ : १९ बजे