८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

ट्रम्पको प्रस्तावले अवैध रुपमा अमेरिका बसेका १८ लाखलाई अमेरिकी नागरिकताको बाटो खुला


१२ माघ २०७४, शुक्रबार  

0
Shares

वासिङटन: अमेरिकी राष्ट्रपति कार्यालयले बिहिबार प्रस्ताव गरेको आप्रवासनसम्बन्धी प्रस्तावले अमेरिकामा गैरकानुनी रुपमा बस्नै आएका १८ लाखले नागरिकता पाउने बाटो खुल्ने भएको छ।

प्रस्तावमा मेक्सिकोको सीमानामा पर्खाल लगाउनका लागिसमेत बजेट प्रस्ताव गरिएको छ। दुबै प्रस्तावका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ बिलियन अमेरिकी डलर लगानी गर्ने जनाएका छन्।

यसबारे विस्तृत जानकारी भने ह्वाइट हाउसले अर्को हप्तामात्र दिने भएको छ। गत हप्तामात्र संघीय विधेयक सिनेटमा रोकेपछि अप्ठेरोमा परेका राष्ट्रपति ट्रम्प डेमोक्रेट्सको मुद्दामा झुक्नुपरेको थियो। सहमतिपछि अमेरिकामा सरकारी सटडाउन खुल्यो। यसले पक्कै पनि आप्रवासीप्रति कठोर रहदै आएको ट्रम्प नरम भएको र प्रस्ताव पेश हुने अनुमान गरिएको छ।

पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा जन्मेका बालबालिकालाई स्वत नागरिकता प्रदान गर्ने कदम चालेपनि ट्रम्पले भने यसलाई छेक्ने नीति अपनाएका थिए। यस नीतिले ६ लाख ९० हजार बालबालिका आप्रवासीहरुसँगै गैरकानुनी तरिकाले आइपुगेका थिए।

बुधबार मात्र राष्ट्रपति ट्रम्प यस्ता बालबालिकाप्रति सकारात्मक देखिएका छन्। उनले भनेका छन्, ‘हामी उनीहरुलाई यहाँ बस्ने अनुमति दिदैँछौ।’-फक्सन्युज

 

 

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार  ११ : ३९ बजे