४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025

जाउलाखेल ग्राउन्डमा लाउरेले खेलाए परेड, फुकुसिमाले बाँडिन् एल्बम [१६ फोटोमा हेर्नुस]


१३ माघ २०७४, शनिबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

शनिबार नेपालस्थित अमेरिकी दुतावासले ललितपुरको जाउलाखेल खेल मैदानमा ‘भविष्यका लागि युवा अावाज’ नामक सांगीतिक कार्यक्रम आयोजना गर्यो ।

दिउँसो २ बजे नेपाल हिपहप फाउन्डेसनले नाच प्रस्तुत गरेसँगै कार्यक्रममा रौनक चल्यो ।

र्‍यापर सरकारले गीत गाएर सा‌ंगीतिक कार्यक्रम सुरु भयो। कार्टुन क्रुको नाचले कार्यक्रमको माहोल ततायो ।

लगत्तै अमेरिकन र्‍याप्टिभिस्ट आइसा फुकुसिमाले गीत गाएसँगै युवाहरु उक्त कार्यक्रममा झुम्मिए । फुकुसिमाले दुइ रुपैयाँ चलचित्रको ‘खैनी चुरोट…’ बोलको नेपाली गीतसहित दर्जन अंग्रेजी गीत गाएर युवाहरुलाई तताइन् ।

उनले आफ्नो एल्बमसमेत युवाहरुलाई बाँडिन् ।

पप गीतमा चर्चा कमाएका दीपक बज्राचार्यले लाखे र झाँक्रीसहित आफ्ना गीतहरु प्रस्तुत गरे ।

त्यसपछि मञ्चमा लाउरेको प्रवेश भयो । लाउरे मञ्चमा आएसँगै युवाहरु ग्राउन्डमा परेड खेल्न थाले । हात हालाहालको स्थित सिर्जना भयो । भिडको परेड हटाउन प्रहरीलाई मुश्किल परेको थियो ।

लाउरेले अाधा दर्जन प्रस्तुति दिँदा अडियन्सले वान्स मोर मागिरहे । अघिल्लो भन्दा फरक तरिकाको परेड चल्यो ग्राउन्डमा । लाउरेको तालमा साथ दिए युवाले ।

नेपालको तीनै तहको निर्वाचन सम्पन्न भएको उपलक्ष्यमा कार्यक्रम गरेको अमेरिकी दुतावासले जनाएको छ ।

 

प्रकाशित मिति : १३ माघ २०७४, शनिबार  ७ : २२ बजे