३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

राष्ट्रिय सभा सदस्यमा सबैभन्दा धेरै सिट एमालेलाई, कांग्रेसलाई १३


२४ माघ २०७४, बुधबार  

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएसँगै मतपरिणाम पनि अन्तिम चरणमा पुगेको छ। अहिलेसम्म ६ प्रदेशको सम्पूर्ण मत परिणाम सार्वजनिक भइकसकेको छ भने प्रदेश नम्बर ६ को तीन सदस्यको परिणाममात्र आउन बाँकी छ।

अहिलेसम्मको मतपरिणाम अनुसार एमालेले २४, कांग्रेसले १३, माओवादीले, १२ राजपाले, २ फोरमले २ स्थानमा जित हासिल गरेको छ। ५६ सदस्य निर्वाचनबाट चुनिनुपर्नेमा यसअघि २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए। बाँकी ३२ जनाका लागि भएको निर्वाचनमा २९ जनाको परिणाम सार्वजनिक भइसकेको छ।

५९ जना सदस्य रहने राष्ट्रिय सभामा ३ जना भने सरकारले मनोनित गर्नेछ। राष्ट्रिय सभाका सदस्यहरुको पदावधि भने गोलाप्रथाबाट तय गरिनेछ। राष्ट्रिय सभामा एक तिहाइको पदावधि २ वर्षको, एक तिहाइको ४ वर्षको र बाँकी एक तिहाइको ६ वर्षको हुन्छ।

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार  १० : ३७ बजे