४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

तीनकुनेमा हुने भनिएको तामाङ ल्होछार टुँडिखेलमा सर्‍यो, तीन दिनसम्म मनाइने


२ फाल्गुन २०७४, बुधबार  

0
Shares

काठमाडौं: तामाङ समूदायले यसपटक फागुन ४ गते सोनाम ल्होछार मनाउने भएसँगै कार्यक्रम आयोजनास्थलबारे अन्योल छाएको थियो।

नेपाल तामाङ घेदुङले तीनकुनेको चौरमा कार्यक्रम आयोजना गर्ने तयारीकासाथ फागुन १ गते पत्रकार सम्मेलन डाकेपनि पछि पत्रकार सम्मेलन स्थगित गर्यो।

आज घेदुङले कार्यक्रम टुँडिखेलमा हुने जनाएको छ। ‘राष्ट्रिय सोनाम ल्होछार २८५४ खि ल्हो मुल समारोह समितिले आयोजना गर्ने तिनिदने ल्होछार महोत्सव कार्यक्रम टुँडिखेलमा हुने भयो,’ घेदुङकी सचिव सन्चु ब्लोनले भनिन्।

फागुन ३, ४ र ५ गते तीन दिनसम्म टुँडिखेलमा साँस्कृतिक कार्यक्रमकासाथ ल्होछार मनाइने ब्लोनले बताइन्।

प्रकाशित मिति : २ फाल्गुन २०७४, बुधबार  २ : ०९ बजे