काठमाडौं । सरकारले केन्द्रीय तहमा १७ वटा मन्त्रालय रहने टुंगो लगाएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रालयबारे टुंगो लगाएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
यसअघि एमाले र माओवादीबीच १८ मन्त्रालयमा सहमतिका लागि छलफल भएको थियो ।
संविधानमा २५ सदस्यीयसम्मको मन्त्रिपरिषद् रहने व्यवस्था रहेको छ ।