ललितपुर । ललितपुरको प्युटारमा २८५४ औं सोनाम ल्होछार अवर पारेर टासी छयोइदेन गुम्बाले फागुन १५ देखि १८ गतेसम्म ४ दिने न्युङने मौन कृयातन्त्र उपबास र फागुन १८ गते प्रवचन तथा बृहत् संस्कृतिक कार्यक्रम समारोह हुने भएको छ।
माघ २३ गते सोनाम ल्होछार समारोह समिति र टासी छयोइदेन गुम्बा सयुक्त बैठक बसी दुवै कार्यक्रमलाई भव्य बनाउन चन्द्र बा घलानको अध्यक्षतमा १९ सदस्य अायोजक समिति गठन गरिएको छ।
न्युङने कार्यक्रम सञ्चालनका लागि गुम्बाको प्रमुख लामा सोम बा लामा अार्थिकमा सरोज थिङ खानपिन ब्यवस्थापन मा महिला लामा राखिएको छ। भने १८गतेको विषेश ल्होछार कार्यक्रम लागि विभिन्न उप समिति गठन गरेको छ। कालाकार तथा डम्फुरे व्यवस्थापन मा मदन कुमार व्लोन लामा व्यवस्थापन मा सोम बा लामा र थुपदेन पाल्साङ जिम्बा अार्थिक व्यवस्थापन मा चन्द्र बा घलान र कृष्ण बा घलान बोम्बो व्यवस्थापन मा भिम बा थिङ मञ्च व्यवस्थापन मा थुपदेन पाल्साङ जिम्बा प्रचार प्रसार उप समिति मा प्रकाश थिङ तामाङ गर्ने लगायत समितिहरु गठन गरेको छ।
कार्यक्रममा स्थानीय कलाकारहरु ताम्बा बोम्बो लामा डम्फुरेको प्रस्तुति रहने छ । यस कार्यक्रम सफल पार्न नेपाल सरकार तथा सम्पूर्ण समुदायको साझा व्यक्ति गाउँ पालिका प्रमुख वीर बा लोप्चान को प्रमुख अथिति मा र विषेश अथितिहरु मा नेपाल तामाङ घेदुङ केन्द्रीय सचिव तथा तामाङ धर्म गुरु पाल्साङ बज्र लामा बाट ल्होछार विषेश प्रवचन तथा तामाङ बौद्ध महासघ का केन्द्रीय लामा विभाग प्रमुख तामाङ धर्म गुरु सेरव ग्याल्छेन लामाङ बाट न्युङने कार्यक्रम हुने भएको छ।
उक्त कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधी संघ संस्था प्रतिनिधी बुद्धिजीवीहरुको सहभागीता रहने कार्यक्रम का सहयोजक चन्द्र बा घलान ले बताए ।