७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

विश्व शान्तिको कामना गर्दै छेचुकुन्सेलिङ गुम्बामा मनाइयो ल्होसार ल्हासोल


२० फाल्गुन २०७४, आइतबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

शेर्पा समूदायको महान चाड ल्होसारको अवसरमा आयोजना हुँदै आएको ल्हासोल (ल्हाप्सो) विभिन्न राज्यबाट आएको सयौंको सहाभागितामा भव्यताका साथ सम्पन्न भयो । २१४५ औं खिल्हो ग्याल्बो ल्होसारको अवसरमा वाल्देनको छेचुकुन्सेलिङ गुम्बामा आयोजित ल्हासोलमा करिब १७ सय सहाभागी एकै ठाउमा भेला भएको आयोजकले जनायो ।

ल्होसार शुरु भएको १५ दिनभित्र सामुहिक रुपमा आयोजना गदै आएको धार्मिक तथा सास्कृतिक कार्यक्रम हो ल्हासोल । यसै अवसर पारेर न्युयोर्कमा पनि शेर्पा किदुग अन्तर्गतको ल्हासोल व्यवस्थापन कमिटिले ल्होसार आगमानको १० औं दिन गत फेब्रुअरीको २५ तारिख ल्हासोल आयोजना गरिएको हो ।

हिउँदमा पर्ने ल्हासोलमा हरेक बर्ष कहिले हिउँ र कहिले पानी पर्दै आएको छ । यसपटक पनि विहानीपखको पानीले कार्यक्रम स्थलसम्म जानका लागी केही अवरोध पु¥याएपनि आयोजकहरुले अतिथिहरुलाई न्यानो सत्कार गदै परम्परागत कार्यक्रमहरुले ल्हाप्सोल भव्यताका साथ सम्पन्न गरेको छ । एक घण्टाको बसको यात्रा गरी पुगिने वाल्देनको छेचेुकुन्सेलिङ गुम्बामा यसपटक ल्हासोल कार्यक्रम भयो । विगत बर्ष झै यो पटक पनि ल्हासोलमा सहाभागी हुनेहरुलाई आयोजकले १७ वटा बसहरुको व्यवस्था गरेका थिए । बसको साथै ५० भन्दा बढी प्राइभेट कारबाट सहाभागी भएका थिए । कार्यक्रममा सहाभागी हुनेहरु कतिपय बसमै नाच्दै कार्यक्रम स्थलसम्म पुगेका थिए भने धेरैजसो कार्यक्रम सकेर नाच्दै फर्केका थिए ।

ल्होसार आगमानसँगै ल्हासोलमा लामो समयदेखि भेटन नभएका आफन्त र साथीहरु वीच भेटन पाउदा सहभागीहरु खुसी मानेका थिए । कार्यक्रममा बिहानै गुम्बामा पुगेका किदुगका लामा गुरुहरुले पुजापाठ गरिरहेका थिए भने मुल गेटमा कन्याहरु हातमा छिमार र सगुनले अतिथिहरुको स्वागत गदै थिए भने आयोजकहरु सुच्या, आच्या र डेसिलले स्वागत गरिरहेका थिए ।

त्यस लगतै जाडोमा शरीरनै तताउने गरी सुप र छाङ्गुल खाएर सहाभागीहरु ल्हासोलमा रमाएका थिए । ल्हासोलको मुख्य आर्कषको रुपमा रहेको र्धािर्मक नृत्य छायम पूजा सकेलगतै प्रस्तुत गरेका थिए । लामा गुरुहरुले मिछिरिङ, खिङ र दोर्जिठलु जस्ता धार्मिक कथामा आधारित नृत्यहरु प्रस्तुत गरेका थिए । छयाम सके लगतै सवै जना गोलोकारमा उभिएर सेतो पिठो आकाशमा छर्केर के के स्हो स्हो ल्हा गेलो भगवानको जय जयकार गदै विश्व शान्तिको कामना गरेका थिए । यस पटकको ल्हासोलमा बालबालिकाहरुको लागी विभिन्न कार्यक्रमहरु र वेग्लै खानाको व्यवस्था गरेका थिए । ल्हासोलको मुख्य धार्मिक कार्यक्रमपछि शेर्पा लोक गायक देण्डी शेर्पाले निर्माण गरेको र गाएको शेर्पा भाषाको दुई गीती एल्बमको विमोचन गर्नुको साथै पहिलो अन्तराष्ट्रीय माउन्टेन गाइड दावा याङजी शेर्पालाई पनि शेर्पा किदुगले सम्मान गरेका थिए ।

दिउँसोको भोजनपछि अर्को वर्षको आयोजक छानेर सहाभागीहरु डिजे र सेबु्र नाच्दै रमाएका थिए । बौद्धधर्म गुरु लामा टुल्कु, डा युला शेर्पा, लोपेन गिर्मि छोढक लगायत किदुगका लामा गुरुहरुको उपस्थिति रहेको कार्यक्रममा आचार्य ङवाङ सांगेले बौद्धधर्ममा ल्होसार र ल्हासोलको बारेमा मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार  ९ : ०३ बजे