५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

कांग्रेस संसदीय दलको नेताका लागि देउवा र प्रकाशमानको उम्मेदवारी


२० फाल्गुन २०७४, आइतबार  

0
Shares

काठमाडौं: नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले उम्मेदवारी दिएका छन् ।

आज साँझ कांग्रेस संसद सचिवालय सिंहदरबारमा दुबै नेताले उम्मेदवारी पेश गरेका हुन् ।

देउवाले वारेसमार्फत संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराए। देउवाले केन्द्रीय सदस्य बालकृष्ण खाँणमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

देउवाको प्रस्तावक विजय गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा रहेका छन् ।

यता सिंहको प्रस्तावकमा कोषाध्यक्ष सीतादेवी यादव र समर्थक सांसद सञ्जय गौतम रहेका छन् ।

निर्वाचन भोलि हुने निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार  ८ : ५१ बजे