१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

कांग्रेस संसदीय दलको उपनेता बने गच्छदार


२१ फाल्गुन २०७४, सोमबार  

0
Shares

काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार चयन भएका छन्।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले गच्छदारलाई दलको नेतामा चयन गरेका हुन्।

देउवा आजैमात्र दलको नेतामा निर्वाचित भएका हुन्।

गच्छदार निर्वाचन अघि पार्टीसहित नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार  ५ : ५६ बजे