२२ माघ २०७९, आइतबार | Mon Feb 6 2023

एमाले–माओवादी पार्टी एकता ९ बैशाखमा


२५ फाल्गुन २०७४, शुक्रबार  

0
Shares

काठमाडौं। बुधबार बसेको अन्तरिम विधान तथा संगठनसम्बन्धी कार्यदलको बैठकले दुवै पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डलाई ब्रिफिङ गर्ने निर्णय गरेको छ ।

कार्यदलका संयोजक रामबहादुर थापा बादल र ईश्वर पोखरेलले एकता घोषणासभाको मितिबारे दुवै नेतालाई ब्रिफिङ गर्नेछन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

एमाले र माओवादीले आगामी ९ बैशाख अर्थात् २२ अप्रिलमा पार्टी एकता घोषणा गर्ने गरी तयारीको काम अघि बढाएका छन् । एकीकृत पार्टीको अन्तरिम विधान र संगठनसम्बन्धी गृहकार्यका लागि गठित कार्यदलमा नेताहरुबीच कम्युनिस्ट पार्टी स्थानाकै दिन पारेर एकता घोषणा गर्ने मोटामोटी समझदारी भएको हो।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार  ९ : २६ बजे