६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

नेपाली ‘अन्डर-१७’ टोली विश्वकप फुटबलमा भिड्दै


२५ फाल्गुन २०७४, शुक्रबार  

0
Shares

शुभप्रभात राई/काठमाडौं

नेपालको सडक बालकको फुटबल टोली पहिलोपटक विश्वकप फुटबल प्रतियोगीतमा सहभागी हुने भएका छन् । आगामी वैशाख ३१ देखि रुसको मस्कोमा हुने खेलमा उनीहरुको सहभागिता पक्का भएको छ ।

नेपाली सडक बालबालिकाले अन्तराष्ट्रिय प्रतियोगितमा भाग लिन लागेको यो पहिलोपटक हो । उक्त खेलमा १७ बर्ष मुनिका सडक बालकहरुको सहभागिता रहनेछ ।

नेपाली टोलीको कप्तानी रोशन भुजेलले सम्हाल्नेछन् भने एरोन कार्कीले गोलरक्षकको। सचिन बिक, रमेश शाह, हर्ष ठकुरी, पवन शाही, सन्तोश खत्री, मनबीर लामा र बिकास तिमल्सिना रहने टोलीका सदस्य छन् । खेल ७ जनाको हुने र २ थप खेलाडी समेत ९ जनाको टिमलाइ प्रशिक्षकको जिम्मा नविन महर्जन र राजन न्यौपानेले दिनेछन् । ९ खेलाडि २ प्रशिक्षक लगायत अन्य ४ गरी १५ जनाको नेपाली टोली वैशाख २५ मा मस्कोतर्फ प्रस्थान गर्दैछन् ।

प्रतियोगीतामा २२ राष्ट्रका २४ समूहको सहभागिता रहने छ । खेलमा खेलाडी पेले र नेमार जुनियरको पनि सहभागित हुनेछ ।
उक्त टोलीलाई गोल्ड स्टार जुत्ता उत्पादन गर्दै आएको किरण सु म्यानिफ्याक्चरले सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार आयोजित कम्पनिको तर्फबाट नेपाली टोलीलाइ ५ लाख सहयोगको घोषणा गरेको हो ।

सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भई गोल्डस्टारले यो अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रममा सहभागी हुन लागेका सडक बालकहरूलाई सहयोग गरेको हो ।

५ लाखको चेक हस्तान्तरणपछि किरण सु म्यानुफ्याक्चरर्सकी निर्देशक विदुषी राणाले भनिन्, “खेलकुदको कार्यक्रम भन्ने बित्तिकै नै जुत्ताको कुरा सबैभन्दा अग्रणी स्थानमा हुन्छ । यस्तो परिस्थितिमा नेपालमा सर्वाधिक विक्री हुने र रुचाइएको जुत्ता गोल्डस्टारको जिम्मेवारी र बोध दुवै पक्कै पनि छ । त्यसमाथि नेपालका सडक बालकहरू पहिलो पटक सडक बालक विश्वकप फुटबलमा सहभागी हुन लागेका छन् । यस्तो गर्वको क्षणमा हामीले आफू आबद्ध हुनुलाई गरिमामय मानेका पनि छौँ ।”

सडक बालबालिकाको कल्याण र सहयोगमा जुटेको संस्था सेल्टर आश्रय नेपालसँग आबद्ध भएका बालकहरुलाई गोल्डस्टारले विश्वकपमा सहभागी हुनका लागि सहयोग गरेको आश्रयकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिइन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार  ९ : ३५ बजे