काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन् ।
नेपाली कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईलाई २७ हजारभन्दा बढी मतले पराजित गर्दै भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
भण्डारीले ३९ हजार २७५ र राईले ११ हजार ७३० मतभार प्राप्त गरे ।
भण्डारी यसअघि २०७२ कातिक ११ मा भएको निर्वाचनमा नेपाली कांग्रेसकै कुलबहादुर गुरुङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।