२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन, हेर्नुस फोटोमा


२९ फाल्गुन २०७४, मंगलबार  

0
Shares

काठमाडौं । नेपाल विद्यार्थी संघले मंगलबार साँझ माइतीघर मण्डलामा सोमबार विमान दुर्घटनामा परी मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरेको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले मण्डलामा उपस्थित भएर मृतकको आत्मशान्तिको लागि प्रार्थना गर्दै दीप प्रज्वलन गरेको प्रवक्ता प्रेम जोशीले जनाए ।

सोमबार बंगलादेशबाट काठमाडौं आउँदै गरेको युएस बंगला एअरको विमान अवतरणको क्रममा दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो। विमानमा चालक दलका सदस्यसहित ७१ सवार थिए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७४, मंगलबार  ७ : ३४ बजे