१ सय ८ औ अन्तराष्ट्रिय नारी दिवस विविध कार्यक्रमको साथ विश्वभरि मनायो । नारी दिवसकै अवसर पारेर अधिकारले पनि न्युयोर्कमा नारी दिवस मनायो । ‘ ग्रामीण र शहरी महिलाद्धारा महिलाहरुलाई रुपान्तरण गरौ’ भन्ने मुल नाराका साथ अधिकारले नारी दिवस मनाएको थियो । स्थानीय ज्याक्सनहाइटमा आयोजना भएको कार्यक्रममा ‘ हाम्रो जीवनको रुपान्तरण’ नामक सन्देमुलक नाटक प्रस्तुत गरेका थिए ।
नाटकले विदेशी भुमिमा कामदारहरुले भोग्नु परेको समास्या उनीहरुले पाउने हकअधिकार, कामदारको सवालमा कसरी एक जुट हुने र टिपिएस नविकरणको बारेमा सन्देश मुलक नाटक प्रस्तुत गरेका थिए । नाटकमा अधिकारमा स्वयमसेवक गदै आएका सदस्यहरुले भाग लिएका थिए । तीन घण्टा अवधीभर भएको कार्यक्रममा एक घण्टा सन्देशमुलक नाटक प्रस्तुत गरेका थिए । उक्त नारी दिवसको उदघाटन सन २००७ देखि अधिकारमा निरन्तर आइरहेका र सहयोग गदै आइरहेका करिब आधा दर्जन जति महिलाहरु गरेका थिए । कार्यक्रममा सकुन ज्ञवालीले कविता वाचन गरेका थिए भने मेयर अफिसका प्रतिनिधिहरु निकगुलोटा र कुन्छोगले नारी दिवसको बारेमा मन्तव्य दिएका थिए भने अधिकारका अर्गनाइजर तथा प्रोगम डाइरेक्टर नर्बदा क्षेत्रीले अधिकारले गदै आएको कार्यक्रमहरुको बारेमा मन्तव्य दिएका थिए ।