६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

राम्रो काम गर्दा श्राप लाग्ने रहेछ, मेरो पुत्ला जलाउनेलाई ढ्यामका ढ्याम हान्नेछन्: लालबाबु पण्डित


५ चैत्र २०७४, सोमबार  

0
Shares

शुभप्रभात राई / काठमाडौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफूले राम्रो काम गर्न खोज्दा पुत्ला जलाउन खोजेको आरोप लगाए।

विश्व सामाजिक कार्य दिवसको अवसरमा पारी सोमबार राजधानीको तीनकुनेस्थित पेन्टागन इन्टरनेसनल कलेजले आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले राम्रो काम गर्दा कतिपयले सरापेको गुनासो राखे ।

मन्त्री पण्डितले भने, ‘राम्रो काम गर्दा धेरैसँग दुश्मनी पनि मोल्नुपर्दो रहेछ। धेरैको श्राप पनि लाग्दो रहेछ। मेरो पुत्ला पनि जलाउने भनेका छन्। विदेशमा जलाए जलाउ। नत्र नेपालमा आएर जलाए जनताले ढ्याम्का ढ्याम हिर्काउनेछन्।’

मन्त्री पण्डितले कर्मचारीलाई राम्रो काम गर्न सुझाव दिँदै भने, ‘समाज अनि देशलाई ठग्ने कामगर्छ त्यसले वास्तवमा आफूलाई पनि ठगेको हुन्छ। त्यस्ता ठगलाई बाँकी राखिन्न।’ कार्यक्रममा पण्डितले विदामा बसेर विदेशको जागिर खाने कर्मचारीलाई ट्याम्का बजाउनेसमेत चेतावनी दिए।

कार्यक्रममा विभिन्न शैक्षिक संस्थाका प्राध्यापक साथमा नेपालका चर्चित कलाकारहरुले प्रस्तुति दिएका थिए। प्राध्यपक डा. राज यादव, सत्यनारायण चौधरी, अर्जुन अधिकारी, माधव ढुङ्गेल लगायत नेपालका हास्यब्याङ्ग्य कलाकार राजा राजेन्द्र, किरण केसी राता मकै, शिवहरी पौडेल, सुरेन्द्र केसी, नारायण कनरिया, गीता सेन्चुरी, डिजराज पौडेल,  उद्धव कार्की, सञ्जिवसिंह ठकुरी लगायतको मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो।

कलेजले चैत ४ गते नै २४ वटा शिक्षण संस्थाहरु २० भन्दा बढी सामाजिक संघसंस्थालगायतले कलेजदेखी माइतीघर मन्डलासम्म र्याली तथा सडक नाटक प्रदर्शन समेत गरेको थियो।

पेन्टागन कलेजको दशौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको कार्यक्रममा आरआर कलेज, लिङ्कन कलेज, नेसनल कलेज, एडम कलेजको भव्य नृत्य प्रदर्शन साथै पेन्टागन कलेज र सहिनी ग्रुपको ‘बालश्रम तथा यौन देर्व्यावहार विरुद्धको अभियान’ जोखिममा परेका बालबालिका सम्बन्धी कचहरी नाटक गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार  ८ : ३५ बजे