३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

कानुङ क्लबको स्वास्थ्य शिविर सम्पन्न


६ चैत्र २०७४, मंगलबार  

0
Shares

सिन्धुली । कानुङ युवा क्लबको आयोजनामा सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर २ ओद्रेकोटस्थित पञ्चकन्या आधारभूत विद्यालयमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

कानुङ युवा क्लवका अध्यक्ष प्रेमबहादुर मग्रातीका अनुसार, ओम हस्पिटल तथा रिसर्च सेन्टरको सहयोगमा आयोजित सो स्वास्थ्य शिविरमा उच्च रक्तचाप, मधुमेह, स्त्रीरोग, आँखा, नाक, कान, घाँटी, दाँत, बालरोग तथा सामान्य स्वास्थ्यगरी दुइ सय ५० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा निःशुल्क औषधि वितरण तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परामर्श समेत दिइएको थियो । शिविरमा डा. दीपक राज पाण्डे, डा. मनाली भट्ट, डा. सन्दिप ओखेडा, डा. विवेक जोशी, डा. पारस पौडेल, डा. आशिष बस्नेत, डा. अलिसा सापकोटा, डा. अलिसा श्रेष्ठ, डा. राजीव खड्का, डा. प्रणय राजभण्डारी, डा. रोशन ढकालसहित २८ जनाको चिकित्सक टोली सहभागी रहेको जनाइएको छ ।

सुनकोशी गाउँपालिकाका उपाध्यक्ष दीर्व सि‌ मोक्तानले शिविरमा सहयोग पु¥याउने चिकित्सक टोलीलाई प्रमाणपत्र वितरण गरेका थिए । उपाध्यक्ष मोक्तानले ग्रामीण भेगमा आएर स्वास्थ्यसेवाबाट बञ्चित जनतालाई राजधानीमा प्राप्तहुने स्वास्थ्य परीक्षण सेवा पुर्याएकोमा ओम अस्पताल तथा आयोजक कानुङ युवा क्लवलाइ धन्यवाद दिए ।

चिकित्सक टोलीका स‌योजक डा. मनाली भट्टले जनताको घरदैलोमा आई स्वास्थ्य सेवा दिने अवसर प्रदान गरेकामा क्लव तथा अन्य सहयोगी सं‌स्थालाई धन्यवाद दिइन् ।

क्लवका अध्यक्ष प्रेम बहादुर मग्रातीले सुनकोशी गाउँपालिका वडा नम्बर २ को समग्र विकासमा युवा सहभागिता बढाउने उद्देश्यसहित स्थापित क्लवको पहिलो कार्यक्रमका रुपमा स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी गराउँदै शिविर सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्याउने सबैमा धन्यवाद दिए ।

शिविरमा सुनकोशी गाउँपालिका वडा नम्बर २ को ओख्रेनी, दोभानडाँडा, ओद्रेकोट, काफ्लेचौर, हायूगाउँलगायत घ्याङलेक गाउँपालिकाबाट पनि स्वास्थ्य परीक्षण गराउन आएको जनाइएको छ ।

सो शिविरको उद्घाटन सुनकोशी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोजकुमार सि‌जालीले गरेका थिए ।

 

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार  १० : ३१ बजे