काठमाडौं । नेपाल तामाङ घेदुङले निर्दोष तामाङहरुलाई पक्राउ गरेको विरोध गर्दै गृह मन्त्रालयमा ध्यानाकर्षण-पत्र बुझाएको छ । बिहीबार घेदुङको टोलीले गृहमन्त्री रामबहादुर थापा बादललाई भेटी पत्र बुझाएका हुन् ।
हेटौडा उपमहानगरपालिक १२ पदमपोखरीस्थित रमन्टारमा गाई काटेर खाएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो । तीनै जना निर्दोष रहेको भन्दै घेदुङले उक्त पत्र बुझाएको हो ।
तामाङ समूदायमा गाई/गोरुको मासु खाने चलन सदियौं बर्षदेखि रहेको र तीनै जनालाई राजनीतिक तथा व्याक्तिगत रिसइवीको कारण आधारहीन आरोप लगाएर थुनाएको घेदुङको आरोप छ ।