काठमाडौं । अमेरिकामा रही नेपाली गीत लेखनमा सक्रिय रहदै आएकी गीतकार पद्मा लिंखा मगर उत्कृष्ट गीतकार घोषित भएकी छन् ।
६८ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा उनी उत्कृष्ट गीतकार घोषित भएकी हुन् ।
गीतमा सिडी विजय अधिकारीको स्वर रहेको छ भने राजकुमार बगरको संगीत रहेको छ । आफूले रचना गरेको गीत प्रथम भएकोमा गीतकार मगरले खुसी व्यक्त गर्दै संगीतकार र गायकको मेहेनतले नै यो सम्भव भएको बताएकी छिन् ।
यस्तो छ गीत
‘उत्कृष्ट हुने अवसर दिनुभएकोमा आदरणीय लोकप्रिय संगीतकार Bagar Rajkumar सर, जादुमय स्वरका धनी प्रिय गायक भाइ C.d. Vijaya Adhikari (यही प्रतियोगितामा प्रथम हुनु भएकोमा भाइलाई हार्दिक वधाई पनि 💐💐) हजुरहरू दुवैजनाप्रति अनुगृहीत छु,’ उत्कृष्ट घोषित भएपछि मगरले फेसबुकमा भनेकी छिन्, ‘कार्यक्रम आयोजना गरी यो सौभाग्य प्रदान गर्नु हुने राष्ट्रकै गरिमामय संस्था रेडियो नेपाल परिवार लगायत निर्णायकज्यूहरू, वाद्यवादक टिम र सम्पूर्ण शुभचिन्तकहरूप्रति पनि कृतज्ञ छु l’
मगरको गीतबाटै विजय अधिकारी उत्कृष्ट गायक घोषित भएका छन् । उत्कृष्ट संगीतकारमा सन्तोष श्रेष्ठ घोषित भएका छन् । गायनतर्फ योगेन्द्र उपाध्याय दोस्रो र मेलिना फुयाँल तेस्रो घोषित भए ।