२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

कांग्रेसले हार बेहार्नुको मुख्य कारण आपसी गुटबन्दी


Ang

१९ चैत्र २०७४, सोमबार  

0
Shares

नेपाल तरुण दलको सभापति जित जंग बस्तेतले मुलुकको ठुलो पाटी नेपाली कांग्रेसले गत निर्वाचनमा हार बेहाुर्नुको विभिन्न कारणहरु मध्ये आन्तरिक गुटबन्दी प्रमुख रहेको बताएका छन । सभापति बस्नेतले न्युयोर्कमा आयोजित कार्यक्रममा पाटी संगठनभित्रको कमजोरिको बारेमा बताउदै पाटीले गत निर्वाचनबाट पाठ सिक्नु पर्ने बताउदै सबैलाई पाटी संगठन निर्माणमा एकता भएर लाग्न आग्रह गरेका थिए । कार्यक्रम नेपाल तरुण दल न्युयोर्क च्याप्टरद्धारा आयोजना गरिएको थियो । ‘ गत निर्वाचनको परिणामबाट काग्रेसीहरु कोही पनि अत्तिन र डराउनु हुदैन बरु एकता भएर सवै अघि बडनु पर्छ’ सभापति बस्नेतले भने-‘ विगतको कुराहरुलाई लिएर आफनै नेताको कुरा काटनु भन्दा आफनो पार्टिले गरेका सकारत्माक कामहरुको प्रचारप्रचार गर्नुपर्छ ‘ ।

राणा, पञ्चयतदेखि राजासम्मका एक दलिय तानाशाही शासनको विरुद्धको लडाईमा ऐतिहासिक उपलब्धि हासिल गरेका नेपाली कंगेसलाई कुनै पनि एकदलिय शासनको विरुद्ध लडन कुनै समास्या नहुने उनले बताए । बाम गठबन्धन सरकारप्रति लक्षित गदै अहिलेको सरकारले मुलुककेा विकास तथा जनहितको पक्षमा कार्य गर्न नसके प्रतिपक्षमा रहेको नेपाली कांग्रेस पाटीले चुनौति दिन तयार रहेकेा उनले बताए । नेपाल तरुण दल पार्टिको भात्री संगठन भन्दा पनि सहयात्री संगठन हदै पार्टि सुदृढीकारण र संगठन बिस्तारमा देश भरीनै जाने कार्यक्रमको योजना तय गरीएको जानकारी दिदै उनले कुनै ब्यापारी र संघ संस्था संग चन्दा असुली एवं कनै किसिमको आर्थिक संकलन तरुण दलले नगर्ने अठोट दोहोर्यार्एका थिए ।

तरुणदल अमेरिकाका शाखाका उपाध्याक्ष अनन्त राज सुबेदीले अमेरीकामा जनसम्पर्क समितिभित्र आन्तरिक गुटबन्दी हरु समाप्त गरी सदृढ र अनुशासीत संगठन बनाउनका लागी नेपाल तरुण दल अमेरीका शाखाले नेतृत्व गर्ने बताउदै तरुणदल जन सम्पर्क समितिको समानान्तर संगठन नभै सहयात्री संगठन भएको बताएका थिए । तरुणदल अमेरीकाका उपाध्यक्ष छिरीङ तोक्पे लामाद्धारा सञ्चालित कार्यक्रममा जनसम्पर्क समितिका महासचिव मुनेन्द्र नेम्वाङ, कोषाध्याक्ष विजय थुलुङ, पुर्व उप सभापति तथा सल्लाहकार मिङमार शेर्पा, सदस्य प्रमोद सिटौला, श्याम काजीं गुरुङ, लङ आईल्याण्ड च्याप्टरका निवर्तमान अध्यक्ष बिश्व बास्तोला, नेविसंघ अमेरीका संयोजक प्रभात सापकोटा, तरुण दल अमेरीका शाखाका केन्द्रीय सदस्य रामेश्वर बिर्लाकोटी आदीले मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार  ११ : १८ बजे