२० मंसिर २०७९, मंगलबार | Tue Dec 6 2022

फोनिज नेतृत्वमा पुरानै अनुहार: पदाधिकारी निर्विरोध, खुला र महिला सदस्यमा निर्वाचन


२५ चैत्र २०७४, आइतबार  

0
Shares

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को नेतृत्वमा निर्वतमान अध्यक्ष डन्ड गुरुङ निर्विरोध चयन भएका छन्। चैत २३ र २४ गते काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको छैटौं महाधिवेशनले गुरुङको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

महाधिवेशनबाट पदाधिकारीमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन्। यसअघिका महासचिव गजुरधन राईले वरिष्ठ उपाध्यक्षमा आफ्नो सिट सुरक्षित पारेका छन्। त्यसैगरी सचिव मनोज घर्तीमगर महासचिवमा बढुवा भए।

महाधिवेशनमा पदाधिकारी निर्विरोध चयन भयो भने ४ महिला केन्द्रीय सदस्य र ५ केन्द्रीय खुल्ला सदस्यका लागि मतदान भयो। ४ महिला केन्द्रीय सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको थियो।

चार निर्वाचित महिला केन्द्रीय सदस्य

सन्चु ब्लोन तामाङ

उषा तामाङ

लक्ष्मी चौधरी

सरिता श्रेष्ठ

खुलातर्फ ५ केन्द्रीय सदस्यका लागि १६ जनाको उमेदवारी परेको थियो।

यी हुन् पाँच खुला केन्द्रीय सदस्यमा निर्वाचित

विश्वराज तामाङ

राजु चौधरी

केदार मगर

बुद्धवीर बाहिङ राई

विजयबोध लावती

जो निर्विरोध चुनिए

अध्यक्ष:- डन्ड गुरुङ

बरिष्ठ उपाध्यक्ष:- गजुरधन राई,

महिला उपाध्यक्ष:- देविका घर्तीमगर,

उपाध्यक्ष:- लक्की चौधरी,

महासचिव:- मनोज घर्तीमगर

संगठन सचिव:- मिलन लिम्बु

संस्थागत सचिव:- जगत दोङ

अल्पसंख्यक सचिव:- कमल देवान

कोषाध्यक्ष:- अमरध्वज लामा

सहकोषाध्यक्ष:- अन्जना शिल्पकार

प्रदेश १ इन्चार्ज:- दिपीन राई

प्रदेश २ इन्चार्ज:- निरज पिठाकोठी

प्रदेश ३ इन्चार्ज:- समिर बलामी

प्रदेश ४ इन्चार्ज:- हुमबहादुर गुरुङ

प्रदेश ५ इन्चार्ज:- देवबहादुर पचभैया

प्रदेश ६ इन्चार्ज:- अशोक राजी

प्रदेश ७ इन्चार्ज:- रामचन्द्र कुश्मी

 

संस्थागत सदस्य

थारु पत्रकार संघ नेपाल:- सीताराम चौधरी

किरात राई पत्रकार संघ:- दिपेन्द्र राई

लिम्बु पत्रकार संघ:- चन्द्र पन्दाक लिम्बु

तमु गुरुङ सञ्चारकर्मी संघ:- अनिता गुरुङ

नेपाल मगर पत्रकार संघ:- मनोज घर्तीमगर

नेवा पत्रकार राष्ट्रिय दबु:- नृपेन्द्रलाल श्रेष्ठ

तामाङ पत्रकार संघ:- विष्णुकुमार तामाङ

शेर्पा सञ्चार समूह:- फूर्किमा शेर्पा

चर्चा रेशम चौधरीको

फोनिजको बन्द सत्रमा महासचिव गजुरधन राईले प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिनिधिहरुले रेशम चौधरीको विषयमा फोनिज नबोलेको भन्दै असन्तुष्टि जनाएका थिए । एक सञ्चार उद्यमी र जनजाति चौधरी अहिले निर्वाचित भएर पनि जेलमा बसिरहेको अवस्थामा फोनिजले केही पनि नबोलेको भन्दै प्रतिनिधिहरुले असन्तुष्टि जनाएका थिए। कार्यक्रम उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतबार  १० : ०५ बजे