२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

अमेरिकामा नेपाल डे परेड गर्ने बारेमा किन हुदैछ विवाद ?


Ang

२७ चैत्र २०७४, मंगलबार  

0
Shares

न्युयोर्कमा नेपाल डे परेड कसले गर्ने बारेमा यतिखेर विवाद हुन थालेको छ । न्युयोर्कमा शुरुदेखि विवाद हुदै आएको नेपाल डे परेड यस पटक पनि विवादमुक्त हुन सकेन । आगामी मे महिनामा हुने भनिएको नेपाल डे परेड यतिखेर कसको टिम र कसको संयोजकत्वमा हुने भनेर विबाद चुलिन थालेको छ । पहिलो नेपाल डे परेड आदीबासी जनजाती महासंघ फिफना, जन सम्पर्क समिति अमेरिका र प्रवासी नेपाली मञ्चको पहलमा भएपनि दोश्रो नेपाल डे परेड फिफनाकै संयोजकत्वमा सबै सस्थाहरुलाई संलग्न गरि भएको थियो । त्यसैलाई निरन्तरता दिदै फिफनाले विभिन्न सस्थाहरुसग मिलेर परेड गर्ने भनी सरसल्लाह गरिरहदा फिफनाकै पुर्व पदाधिकारीहरु भने छुट्टै गर्ने भनी टिम बनाउन थालेपछि विभाजित र विवादित हुन थालेको छ ।

मान राणामगर नेतृत्वको फिफनाले बरिष्ठ उपाध्याक्ष राजकुमार विष्टको संयोजकत्वमा सवै संघ सस्थाहरुलाई संलग्न गरि नेपाल डे परेड गर्न भनी योजना बनाइरहेको बेला फिफनाका निवर्तमान अध्यक्ष लुइसाङ वाइवा र निवर्तमान बरिष्ठ उपाध्याक्ष मंगलदास श्रेष्ठले रिज्युउड सोसाइटीको अध्यक्ष रवि कोइरालालाई संयोजक बनाएर नेपाल डे परेड गर्न लागेको छ । दुबै समुहले हिजै वेग्ला बेग्ला स्थानमा बैठक गरि परेडको टिम बनाएपछि यतिखेर न्युयोर्कको नेपाली समुदायमा यो वर्षको नेपाल डे परेड होला की नहोला भनी आश्चार्य मानीरहेका छन ।

वाइवा समुहले वेग्लै टिम बनाएर नेपाल डे परेड गर्न लागेको जानकारी पाएको वितिकै फिफनाले आइतबारनै बैठक बोलाई विज्ञाप्ती जारी गरि दुई वर्ष फिफनाको टेक्स आइडि र अफिसियल कागजपत्र प्रयोग गरि संकलन गरेको हिसाव किताब अहिलेसम्म सार्वजनिक नगरेको भनी ध्यानकर्षण गदै कानुनी तथा अन्य अडचनको बारे सम्बन्धीत व्यक्तिहरु जिम्मेवार हुनु पर्ने जनाएको छ । न्युयोर्कमा नेपाल डे परेड कार्यक्रम फिफना र रिज्युउड सोसाइटी बाहेक एनआरएनले संयोजनको भुमिका खेल्न सकेको छैन । नेपाल चिनाउने यस्तो महत्वपुर्ण कार्यको लागी नेपाल सरकारको कन्सुलेट, नेपाल मिसन र एनआरएन अमेरिका मौन बसेकोमा नेपाली समुदायहरु आश्चार्य मान्दै सवैलाई समेटेर नेपाल सरकार वा एनआरएनले संयोजनको भुमिका निभाउनु पर्ने आग्रह गरिरहेका छन ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलबार  २ : ४४ बजे