६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मेलम्ची सुरुङ खन्ने काम पुरा: २७ किमीमा २३ किमी फिनिसिङ बाँकी


२९ चैत्र २०७४, बिहिबार  

0
Shares

मेलम्ची । काठमाडौंको खानेपानी समस्या समाधानको एकमात्र उपायको रुपमा हेरिएको मेलम्चीको सुरुङ खन्ने काम पुरा भएको छ ।

आज एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रुपमा सुरुङ खन्ने काम सम्पन्न भएको घोषणा गरेका छन् ।

सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा पुगेर यो काम सकिएको हो । कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि उपस्थिति थिइन् ।

कार्यक्रममा उपराष्ट्रपति पुनले राजधानीवासीलाई हिमालको काखमा रहेको स्वच्छ खानेपानी दशैँअघि नै उपलब्ध गराउने दाबी गरिन् ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरूप काम अगाडि बढेमा अबको चार महिनाभित्र आउँदो भदौसम्ममा सुन्दरीजलमा पानी खसाल्ने वचन दिए ।

देवकोटाका अनुसार २७.५ किलोमिटरको सुरुङमध्येको काठमाडौँको सुन्दरीजलदेखि पानीको मुहान सिन्धुपाल्चोक जिल्लाको अम्बाथानसम्म जम्मा चार किलोमिटर सुरुङको मात्र ‘फिनिसिङ’ सम्पन्न भएको र अझै २३.५ किलोमिटर ‘फिनिसिङ’ गर्न बाँकी रहेको छ ।

सुरुङ छिचोलिएर मात्रै काठमाडौँमा पानी जाने होइन सुरुङभित्रको ढलान प्लास्टरलगायतका अन्य फिनिसिङका कार्य गर्न बाँकी रहेको छ र यसले केही समय लिन्छ ।

सुरुङमा पानी पठाउन मुख्य प्रवेशद्वार अम्बाथानमा निर्माण गर्नुपर्ने हेडबक्सको कार्य अझै बाँकी रहेको बताइएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७४, बिहिबार  ७ : ४१ बजे