२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

नेजाको अधिबेसन सियाटालमा हुने


Ang

३० चैत्र २०७४, शुक्रबार  

0
Shares

नेपाल अमेरिका पत्रकार संघ ( नेजा) कार्यसमितिको हालै बसेको बैठकले वाशिंगटन राज्यको सियाटलमा नेजाको १२ औ साधारणसभा तथा अधिवेशन गर्ने निर्णय गरेको छ । सल्लाहकार सहित बसेको कार्यसमितिको बैठकले १२ औ साधारणसभा तथा अधिवेशन जुलाई २१ र २२ तारिख गर्ने निर्णय गरिएको छ । बैठकले अधिवेशन सम्पन्न गर्नको लागि पश्चिम क्षेत्रीय संयोजक ध्रुव कुवर, सहसंयोजक यम घिमिरे  र सदस्यमा सन्दिप बाबु चौधरी र कोषाध्याक्ष शैलेश पोखरेललाई जिम्मेवारी दिने निर्णय गरिएको छ । त्यस्तै सल्लाहकारहरु तारा बरालको संयोजकत्वमा गिरिश पोखेरेल, आङछिरिङ शेर्पा र योगेश उपाध्याय सहितको निर्वाचन समिति बनेको छ ।

भोला आचार्यको अध्यक्षतामा बसेको बैठकले नेजाको अधिवेशनको अवसरमा प्रदान गदै आएको ‘नेजा ग्रामीण उत्कृष्ठ पत्रकारिता पुरस्कार छनौटको लागि पुर्व अध्यक्ष तथा सल्लाहकार आङ छिरिङ शेर्पाको संयोजकत्वमा पुरस्कार छनौट समिति गठन गरेको छ । समितिलाई संयोजकले थप सदस्य मनोनयन गरी पूर्णता दिई नेपाल पत्रकार महासंघसंग समन्वय गर्दै विजेताको नाम कार्यसमितिमा सिफारिस गर्नको लागि जिम्मेवारी दिने निर्णय गरियो । त्यस्तै नेजा अधिवेशनमा प्रकाशन गरिदै आएको “प्रयास”स्मारिकाको लागी सचिव अग्नि चौलागाईको संयोजकत्वमा थप सदस्यका साथ जिम्मेवारी दिने निर्णय निर्णय गरिएको नेजाको महासचिव तोया दाहालले जनाएको छ ।

बैठकले अधिवेशनमा सहभागी हुनेहरुले मे ३१ तारिख भित्र सदस्यता नविकरण गराइसक्नु पर्ने निर्णय गरेको छ । नेजाले हरेक वर्ष साधारण सभा र अधिबेसन अमेरिकाको विभिन्न फरक फरक राज्यहरुमा गदै आएको छ । यस अघि साधारण सभाहरु बाल्टिमोर, कोलोराडो, भर्जिनियामा भएको थियो भने हरेक दुई वर्षमा हुदै आएको अधिबेसन एटलान्टीक सिटि,न्युयोर्क,  हृयुस्टन टेक्सास र  लस एन्जलसमा भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार  ४ : २६ बजे