२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

प्रधानमन्त्री ओलीद्वारा भर्ना अभियान सुरु: मुगुका दुई जनालाई गरे भर्ना


२ बैशाख २०७५, आइतबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ८ का छिजु तामाङ र कार्मा टोन्डु लामाका ६ वर्षीया छोरी थिल्ने साङ् तामाङलाई विद्यालय भर्ना गरेको छन्।

विद्यालय भर्ना अभियान अन्तर्गत २०६८ साल चैत १९ जन्मिएकी तामाङलाई प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गर्दै बुद्ध मावि माङ्ग्रीमा भर्ना गरेका हुन्।

भर्नापछि प्रधानमन्त्री ओलीले भने-स–साना लाग्ने काम आजै थालौं, भोलि ठूलाठूला सफलताको आधार हामी त्यहिँ फेला पार्नेछौं । कतै हाम्रो टोल छिमेकमा बालबालिका विद्यालय जानबाट वञ्चित त छैनन् ? आजै देखि बालबालिकालाई विद्यालयमा भर्ना गरौं ।

प्रधानमन्त्रीले छात्राको अभिभावकत्व ग्रहण पुस्तिकामा हस्ताक्षर गरेका छन्। सो अवसरका प्रधानमन्त्रीले छात्रा तामाङलाई पोशाक र पुस्तक प्रदान गरे।

यस्तै, प्रधानमन्त्रीपत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गरेकी छन्। शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गरेकी छन्। छेरिङ २०६७ माघ १७ गते जन्मिएकी हुन्।

रारा पर्यटन महोत्सवमा पुगेका प्रधानमन्त्रीले विद्यालय भर्ना अभियान सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावत्कव लिँदै विद्यालय भर्ना गरेका हुन्।

 

प्रकाशित मिति : २ बैशाख २०७५, आइतबार  ९ : २४ बजे