६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

नेपालको विकासमा अमेरिकामा एनआरएनए विज्ञ सम्मेलन हुने


Ang

४ बैशाख २०७५, मंगलबार  

0
Shares

गैर आवासिया नेपाली संघ केन्द्रिय समिति (एनआरएनए आइसिसि)ले उत्तर अमेरिकामा रहेका नेपाली विज्ञहरुको उपस्थितिमा एनआरएन विज्ञ सम्मेलन आयोजना गर्न लागेका छन । क्यालिफोर्नियास्थित डब्बल ट्रि होटलमा हुन लागेको विज्ञ सम्मेलन यही जुन महिनाको १६ र १७ तारिख हुने भएको जानकारी एनआरएनए आइसिसि उत्तर अमेरिकी क्षेत्रिय उपसंयोजक डिआरसि नविन शेरचनले एभरेष्टटाइम्सलाई दिएको छ ।

‘ नेपालको समग्र विकासमा प्रवासमा रहेका विभिन्न क्षेत्रका विज्ञबाट केही ठोस मद्धत पुग्न सकिन्छ भन्ने उद्धेस्यले पहिलो पटक एनआरएनए विज्ञ सम्मेलन आयोजना गर्न लागेको हो’ उपसंयोजक शेरचनले बताए । उनका अनुसार भेलामा अमेरिकाभरिका विज्ञहरुको साथै क्यानाडा, ब्राजिल र चिलिमा रहेका नेपाली विज्ञहरुको समेत उपस्थिति रहने भएको छ । पहिलो दिनको विज्ञ सम्मेलन लगतै भोलिपल्ट एनआरएनए अमेरिकाको साधारण सभा समेत हुने भएको उनले बताए ।

भेलामा नेपाल सरकारको प्रतिनिधित्व गरेर परराष्टमन्त्रि वा अर्थमन्त्रि कोही आउने भएको छ भने एनआरएनए आइसिसिबाट अध्यक्ष भवन भट्ट र महासचिव कुमार पन्तको उपस्थिति रहने भएको छ । विज्ञहरुको एक दिने भेलाको विहानी उदघाटन र शुभकामना मन्तव्यपछि विदेशमा रहेको विज्ञहरुलाई एकिकृत गराई कसरी नेपालको विकासमा सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न लागेको उपसंयोजक शेरचनले बताए ।

‘अहिलेसम्म प्राप्त प्रतिकृयाले हामीलाई उत्साहित वनाएको छ’ एनआरएनए आइसिसिका संयोजक आरसि गौरि जोशीले भने –  ‘हामी सकेसम्म यस क्षेत्रमा वस्नुहुने आफ्नो क्षेत्र र विषयमा दक्ष बौद्धिक व्यक्तित्वहरु यस कार्यक्रममा सहभागिता होस भन्ने चाहान्छौं ‘ । उनका अनुसार नेपालवाट पनि सरकारका उच्च अधिकारी कार्यक्रममा आउनुहुनेछ यसले गर्दा यो सम्मेलन विदेशमा वस्ने बौद्धिक बर्गलाई नेपालसंग कसरी जोड्न सकिन्छ उपायहरु खोज्ने थलो पनि हुने छ ।

आइसिसिको विज्ञ सम्मेलनको कन्भेनर डिल्ली भट्टराईका अनुसार कार्यक्रममा नेपाली विज्ञको साथै अमेरिकास्थित स्टानफोर्ड युनिभर्सिटिको प्रोफेसर पावल अडरेजले पनि नेपालको हित तथा विकास सम्बन्धमा नितिगत रुपमा कार्यपत्र प्रस्तुत गर्ने भएको छ । सम्मेलनमा सहाभागी दर्जनौ सबै क्षेत्रको विज्ञहरुले प्रस्तुत गरेको कार्यपत्र तथा नितिगत कुराहरुलाई एकमुष्ट गरेर आइसिसिको ग्लोबल सम्मेलनमा पठाइसकेर नेपालको निति निर्माण तहमा पठाउने भएको छ ।

 

 

 

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलबार  १२ : ४५ बजे