१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बौद्धिक सम्मेलनको लागी समिति गठन


Ang

४ बैशाख २०७५, मंगलबार  

0
Shares

अमेरिका र क्यानाडा लगायत विश्वका विभिन्न देशमा रहेर आफनो विषय र क्षेत्रमा दक्षता हासिल गरेका एनआरएनको सहाभागीतामा अमेरिकाको क्यालिफोर्नियास्थित सनफ्रान्सिकोमा आगामी जुनको १६ तारिख बौद्धिक सम्मेलनमा हुने भएको छ । त्यस्तै १७ तारिख एनआरएन अमेरिकाको साधारण सभा पनि संगै हुने भएको एनआरएन आइसिसिको उत्तर अमेरिकी संयोजक गौरि जोशिले विज्ञाप्ती मार्फत जनाएको छ । उक्त भेलाको लागी जोशिको संयोजकत्वमा मुल आयोजक समितिका साथै प्रभावकारी व्यवस्थापनका लागी सल्लाहकार समिति गठन गरेको छ ।

संयोजक जोशिले जारी गरेको विज्ञाप्ती यस प्रकार छ ।

प्रेस विज्ञप्ति

अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गर्नुभएका गैरआवासिय नेपालीको सहभागितामा अमेरिकाको क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ मा आयोजना हुन लागेको बौद्धिक भेला तथा NRNNCC USA को साधारण सभा सफल वनाउन क्षेत्रिय सँयोजक गैारीराज जोशीको सँयजकत्वमा मूल अायोजक समिति का साथै, प्रभावकारी ब्यबस्थापनका लागि विभिन्न समिति गठन गरिएको, अमेरिकाज क्षेत्रिय सँयोजक गैारीराज जोशी जी जानकारी गराउनु भएको छ। साथै मूल समितीलाई अाबश्यक मार्गदर्शन गर्न निम्नानुसारका ब्यक्तित्व सम्मिलित सल्लाहकार समितिमा पनि गठन भएको छ।

Dr. Ambika Adhikari
Khagendra GC
Dr. Yadab Pandit
Dr. Shiva Goutam
Haribol Bhandari
Ratan Jha
Shiva Rai
Dr. Drona Rasaili
Dr. Laxmi Pathak
Dr. Amod Pokhrel
Dr Puru Shrestha

त्यसै गरि सम्मेलनमा पेश गरिने कार्यपत्र तथा शोधपत्र हरुको रिभ्यु र सम्मेलनको अन्त्यमा जारी गरिने श्वेतपत्रको प्रकाशनका लागि डा रुद्र अर्यालको सँयोजकत्वमा निम्नानुसारको Abstract review & Whitepaper publication comittee पनि गठन भएको छ।

Dr. Rudra Aryal – Co-Ordinator
Er. Satish Tripathi
Dr. Deshraj Sonyok
Bhim Karki – CPA
Dr. Krishna Hari Gautam (Canada)
Dr. Tara Sigdel (Professor University of California Francisco)
Dr. Toya Baral ( Principal scientist)
Dr. Basant Dungana ( Resource Economist )

बिज्ञ सम्मेलनलाई प्रभावकारी ब्यवस्थापनका लागि गैारी जोशी को सँयोजकत्वमा निम्नानुसारको Steering कमिटी पनि गठन गरिएको छ।

Gouri R Joshi – Chair
Dr. Keshav Poudel – Co-Chair
Gopi Kafle – Co-Host Canada
Ganesh Gurung – Co-Host Brazil
Durga Aryal – Co-Host Chile
Nabin Serchan
Kunga Sherpa
Pramila Basnet -Canada
Dilli Bhattarai (Expert conference convener)
Rajan Tripathi
Bed Basnet
Bijay Ghimire – Media
Uma Karki Thapa – NCCUSA (AGM convener)
BR Lama -NCCUSA
Binod Tiwari- NCCUSA

तेस्तै गैारी जोशी को सँयोजकत्वमा गठित मूल आयोजक कमिटी मा NRNA Americas Region का सँपूर्ण पदाधिकारीहरु, NRNA ICC का बिभिन्न टास्कफोर्सका नियुक्त chair/co-chairs,
NRNA NCC of USA का अध्यक्ष
Keshab Paudel लगायत कमिटीका सम्पूर्ण पादाधिकारिहरु, NRNNCCUSA california chapter का अध्यक्ष लगायत सम्पूर्ण पादाधिकारिहरु, सल्लाहकारहरू Uttam Karki, Krishana koirala, Tika Chaudhari, Dendi Sherpa, बरिस्ठ समाजसेवी Bhakta Thapa, Dhananjaya Narsing KC, Iswor Sapkota तथा संघसंस्था का प्रमुख् हरु Uttam Karki-WANA, Rabindra Rai-NANC, Rajen Thapa-Lions International District 4C3, Ganga KC, -Sunny Sagarmatha Samaj, Subash Thapa -Creative Nepal Youth Club, Kumar Dong,-Tamang Cooperation Society, Dev Kirat, -Janajati Mahasangh, Nirmal Phunyal -Lions Clubs, Dikendra Maskey-Everest Club, Durga Dahal-Global Culture Network, Tika Subedi -NSC, Tara Baral-NAFCA, Mani Nepali Paneru-NAGC, Sushmita Sijapati-NWGN California र Uddab KC-The White Zone, हुनुहुन्छ|

तेसैगरी छेत्रीय उप सम्योजक नबिन सेर्चन को सम्योजकत्वमा नीम्न ब्यक्तिहरु सम्मिलित Joint Fund Raising कमिटी गठन भयको छ |

Nabin Serchan – DRC – Fundraising Coordinator
Rishi Dhakal, Bed Basnet, Suneel Shah, Dr. Prakash Arayal, Suresh Pokhrel, CK Parajuli, Uttam Karki, Chandra Adhikari -Canada, Abhimanyu Basnet – Canada, Rabindra Karki, Shashi Adhikari, Rambabu Pandey, Narayan Puri, Hom Goutam, Purna Sherpa, Dendi Sherpa, Ishwar Sitaula, Chandra Dhital, Harihar Dahal र Rekh Upreti हुनुहुन्छ ।

तेसका अलवा आवश्यकता अनुसार थप अन्य समिति र उपसमिति पनि गठन गरिने छ ।

गैर आवासिय नेपाली संघ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा पहिलोपटक यो भेला अमेरिकमा हुन लागेको हो । यश भेलाबाट छनैाट भएका शोधपत्र र कार्यपत्र हरुलाई अागामी अक्टोबर महिनामा नेपालीमा हुने ग्लोबल सम्मेलनमा समाबेश गरिने छन। गैर आवासिय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले हालै काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा काठमाडौंमा हुने विज्ञ सम्मेलन अघि क्षेत्रिय स्तरमा हुन लागेका यी सम्मेलन महत्वपुर्ण भएको वताउनु भएको छ ।

विदेशमा रहेर विभिन्न विज्ञता हासिल गरेका नेपाली र नेपाल प्रति चासो राख्ने विदेशी विज्ञहरुसग तादाम्यता गरी नेपालमा अध्ययन, अनुसन्धान केन्द्र तथा व्यवसायिक संस्थालाई जोड्न मद्दत पुर्याउने उद्देश्यले यो कार्यक्रम लागिएको हो ।

भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत बैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गर्नुभएका नेपाली र नेपाली मुलका गैर आवासिय नेपाली सहभागी हुनुहने छ । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासिय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको छ ।

अहिलेसम्म प्राप्त प्रतिकृयाले उत्साहित वनाएको छ जोशीले भन्नुभयो । हामी सकेसम्म यस क्षेत्रमा वस्नुहुने आफ्नो क्षेत्र र विषयमा दक्ष बौद्धिक व्यक्तित्वहरु यस कार्यक्रममा सहभागिता होस भन्ने चाहान्छौं जोशीले भन्नु भयो नेपालवाटपनि सरकारका उच्च अधिकारी कार्यक्रममा आउनुहुनेछ यसले गर्दा यो सम्मेलन विदेशमा वस्ने बौद्धिक बर्गलाई नेपालसंग कसरी जोड्न सकिन्छ उपायहरु खोज्ने थलो पनि हुने छ ।
एनआरएन आईसीसी सदस्य तथा बिज्ञ सम्मेलनका कन्भेनर डिल्ली भट्टराई भन्नुहुन्छ – सृजना र आविष्कारका लागि कहलिएको क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा हुन लागेको बौद्धिक भेलाप्रति हामीहरु निकै उत्साहीत भएका छौं । क्यालिफोर्नियामा पनि थुप्रै क्षेत्रमा स्थापित नेपाली बौद्धिक बर्ग हुनुहुन्छ उहांहरुले पनि यस भेलाका लागि हौसला वढाईरहनु भएको छ । साथै अमेरिकी कँग्रेसम्यान रो खन्नाले समेत सम्मेलनमा सहभागिता जनाउने जानकारीले हामी थप उत्साहित भएका छैा।

चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत हुनुहुन्छ । यो सिप र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि वौद्धिक बर्गसंगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो । भेलामा नेपाल सरकारका विशिष्ठ अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनुहुने छ । बौद्धिक भेलामा एनआरएनएका केन्द्रिय पदाधिकारीपनि सहभागी हुनुहुने छ ।

थप सम्पर्क

गौरीराज जोशी
क्षेत्रिय संयोजक एनआरएन अमेरिका
rcamericas@nrna.org

प्रकाशित मिति : ४ बैशाख २०७५, मंगलबार  ९ : २० बजे