न्युर्योकमा नेविसंघ दिवस मनायो 

२०७५ बैशाख ११, मंगलवार ०९:१६


नेपाल बिद्यार्थी संघ अमेरिका शाखाले नेविसंघको ४९ औ स्थापना दिबस तथा नया बर्ष २०७५ सालको उपलक्ष्यमा न्युयोर्कमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरियो । मुलुकको परिवर्तनको क्रममा शहिद हुनेहरुको सम्झनामा मौनधारण र विपिको तस्विरमा माल्यार्पण गदै कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरुलाई युनिभर्सिटि अफ बीर्जपोर्ट, कनेकटीक्टमा अध्ययनरत ने बि संघका प्रतिनिधि आश्ना भट्टले स्वागत मन्तव्य दिएकी थिइन ।

नेविसंघ अमेरिकाका संयोजक प्रभात राज सापकोटाले प्रवासमा नेपाली विद्यार्थीहरुले भोग्नु परेको समास्यालाई मध्यनजर गरेर सवै विद्यार्थीहरुको हकहितको लागी संघ मार्फत अघि बडने धारण राखेका थिए । उक्त कार्यक्रममा शारदा क्षत्री , एन आर एन साहित्य बिभागकी कमला प्रसाई , एनआरएन आइसिसिका सदस्य बन्दना कोईराला , नेपाल अमेरिका पत्रकार संघ नेजाका पुर्व अध्यक्ष आङछिरिङ शेर्पा, पत्रकार किरण मरहठ्ठा , तरुण दल अमेरीकाको उपसभापति एवं जन सम्पर्क समिति न्युयोर्क च्याप्टरका सदस्य अनन्त सुबेदी , नेपाली जनसम्पर्क समिति हाट्फोर्ड अधिधबेसनका संस्थापक उपाध्यक्ष मिङमार शेर्पा जन सम्पर्क समितिका सदस्य प्रमोद सिटौला , कोलोम्बिया युनिभिर्सिटिका पुर्व प्रध्यापक डा तारा निरौला तथा नेपाली जनसम्पर्क समितिका पुर्ब संयोजक बिष्णु सुबेदीले प्रवासमा खोलिएका नेविसंघ शाखाको सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार