११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

विश्वमा बुद्ध जयन्ती कसरी मनाउदै छ


Ang

१५ बैशाख २०७५, शनिबार  

0
Shares


विश्व शान्तिको प्रतिक भगवान गौतम बुद्धको २५६२ औ बुद्ध जयन्ती देश विदेशमा भव्यताका साथ मनाउने भएको छ । यस पटक बुद्ध जयान्ती बैसाखको १७ गते तदानुसार अपि्रलको ३० तारिख परेको छ । यसै अवसर पारेर नेपालमा बुद्ध जयन्ती मुल समारोह आयोजक समिति शेर्पा सेवा केन्द्रले यसै दिन विहानीपख राजधानीमा बुद्धको प्रतिमा सहित बुद्धको मन्त्र जप गदै बाजागाजाका साथ शान्ति पदयात्रा गरि विभिन्न कार्यक्रमको आयोजना गर्न लागेका छन । राजधानीमा हुने बुद्ध जयान्ती कार्यक्रममा यस पटक धर्मगुरु जटुल रिन्पोछेको प्रवचन सहित दीर्घायूको अभिषेक छेवाङ प्रदान गर्ने भएको छ । बुद्ध जयन्तीको अवसरमा हुने पदयात्रा यस पटक पनि शेर्पा सेवा केन्दबाट चावाहिल,मित्रपार्क र कुटुबहालस्थित प्राचिन बुद्ध बिहारलाई परिक्रम गरि पुन. शेर्पा सेवा केन्द्रमा पुगी बिर्सजन हुन लागेको छ । शान्ति पदयात्रा कार्यक्रममा विभिन्न सस्थाहरुको व्यानर सहित हजारौको सहभागीता हुने भएको आयोजक कमिटिका महासचिव आङ पेम्बा शेर्पाले जनाएको छ । नेपाल लगायत विश्वको विभिन्न मुलुकहरुमा पनि बुद्ध जयान्तीको भव्यताका साथ मनाउदै आएका छन । यसै अवसर पारेर पोर्चुगलबासीले पनि हरेक वर्ष झै यस पटक पनि विविध कार्यक्रमको साथ शान्ति पदयात्रा गरि बुद्ध जयान्ती भव्यताका साथ मनाउने भएको छ ।

पोर्चुगलमा बुद्धजयान्ती
पोर्चुचलमा विगत ५ वर्षदेखिन नेपाली कन्सुलेट पोर्चुगलले बुद्ध जयान्ती कार्यक्रम भव्यताका साथ आयोजना गदै आएको छ । यस कार्यक्रमलाई थप भव्यता र नेपालको पर्यटन प्रर्वद्धनका लागी यस पटक पोर्चुगलका लागी नेपालका पर्यटनदुत रमेशकुमार गुरुङको संयोजकत्वमा सवै संघ सस्थाहरुलाई समेटेर २५६२ औं बुद्ध जयन्ती मूल आयोजक समिति गठन गरेर भव्यताका साथ मनाउन लागेको पत्रकार महासंघ युरोपको शाखाको सचिव पेम्बा गेलु शेर्पाले बताए । उनका अनुसार विहानी पख स्थानीय पोर्चुगिस धर्म गुरुहरुद्धारा पुजा गरि दिउसो पोर्चुगलको राजधानी लिस्वार्नको मुख्य शहर प्रासा दो कर्मसियोबाट बुद्धको प्रतिमा र व्यानरहरु सहित शोभा यात्रा गरिने छ । यस पटकको बुद्ध जयान्तीको पुजाको व्यवस्थापन शेर्पा सोसाइटी पोर्चुगलको व्यवस्थापनमा हुने भएको उनले बताए ।

बेल्जियममा बुद्धजयान्ती
बेल्जियममा बसोबास गदै आइरहेको नेपालीहरुले शुरुवातदेखिनै बुद्ध जयान्ती विशेष कार्यक्रमको साथ मनाउदै आइरहेको छ । विगत झै यस पटक पनि शेर्पा समाज बेल्जियम ( बेल्जियम शेर्पा किदगु ) , तमु समाज बेल्जियम, तामाङ समाज बेल्जियम, विश्व मगर संघ बेल्जियम, एभरेष्ट समाज ब्रुस, ब्रसेल्स मिलन केन्द्र ब्रसेल्स आदी सबै जातीय समाजको आयोजनामा हुने भएको छ । ‘ बुद्ध जयान्ती परेकै दिन हामीहरु सवै नेपाली सस्थाहरुको सहाभागीतामा यस पटक पनि भव्यताका साथ बुद्ध जयान्ती मनाउन लागेका छौ’ बेल्जियम शेर्पा किदुगको अध्यक्ष आङ दोर्जी शेर्पा सोनामले एभरेष्ट टाइम्सलाई बताए । उनका अनुसार विगत झै यस पटक पनि हृविई गुम्बामा पुगी लामा गुरुहरुबाट विहानी पुजापाठ गरि गुम्बा परिसरमा बुद्धको मुर्ति र ग्रन्थहरु बोकेर परिक्रमा गरि दिउसो प्रवचन गर्ने भएको छ । कार्यक्रममा सहाभागी हुनेहरुको लागी यस पटक पनि ४ वटा ठुला बसहरु लुविन, एन्टापेन, ब्रूज र ब्रसेल्सबाट राखेको उनले बताए

अमेरिकाको न्युयोर्कमा बुद्धजयान्ती  
बिदेशमा धेरै नेपालीको संख्या रहेको अमेरिकाको न्युयोर्कमा हिमालयन बुद्धिष्ठ कम्युनिटिले अपि्रल २९ तारिख आइतबार ज्याक्सनहाइटस्थित भ्यालाजिनो हलमा शाक्य रिम्पोचेको प्रवचन र अभिषेक सहित बुद्ध जयान्ती मनाउने भएको छ । विहान र दिउसो हुने कार्यक्रममा सहाभागी हुनेहरुले टिकट लिनु पर्ने व्यवस्था गरेको छ । बेलुकी पख शेर्पा किदुगको गुम्बामा बत्ति बाल्ने कार्यक्रम भने निशुल्क राखेको छ ।

न्युयोर्कमा बसोबास गदै आइरहेका विभिन्न हिमाली बौद्धधर्म समुदायहरुले पनि लामो समयदेखिन आ आफनै सस्था मार्फत फरक फरक स्थानमा बुद्ध जयान्ती मनाउदै आएका थिए । तर पछिल्लो समय सवैलाई एकै ठाउमा एकत्रित गरेर बुद्ध जयान्ती मनाउनका लागी हिमालयन बुद्धिष्ठ कम्युनिटिले पालैपालो कार्यक्रम गदै आएको थियो । १५ विभिन्न हिमाली बौद्ध समुदायहरु अवद्ध यो सस्था मार्फत शुरुमा शेर्पा किदुगले विहानी पख बुद्धको प्रतिमा र व्यानर ,प्लेकार्ड सहित शान्ति पदयात्रा गरि ज्याक्सनहाइटको चोकमा चारै बौद्ध धर्म सम्प्रदायको गुरुहरुबाट बुद्ध जयान्तीको प्रवचन गरेका थिए । त्यसैलाई निरन्तरता दिदै हृयोल्मो सोसाइटी अफ अमेरिकाले पनि दोश्रो वर्ष त्यसरीनै मनाएको थियो । तेस्रो वर्ष मुस्ताङ किदुग युएसएले पदयात्रा नगरेपनि रक्तदान, निशुल्क स्वस्थ्यशिविरसंगै किदुगको गुम्बामा विहानी पुजासंगै विविध कार्यक्रमको साथ बुद्ध जयान्ती कार्यक्रम मनाएको थियो । तर यस पटक भने मनाङ र ग्याल्सुम्दाले ज्याक्सनहाइटस्थित भ्लाजिनो हलमा बौद्ध धर्म गुरु शाक्य रिम्पोचेको अभिषेक सहित बुद्धको बारेमा प्रवचन राखेर बुद्ध जयान्ती मनाउन लागेको छ । शाक्य रिम्पोचे जस्तो विशिष्ट धर्म गुरुबाट जो कसैले प्रवचन र अभिषेक लिन पाउनु धार्मिक कोणबाट धेरै सौभाग्यपुर्ण कार्य हो तर बुद्ध जयान्ती जस्तो कार्यक्रम विभिन्न मुलुकमा व्यापाक रुपमा मनाइरहेकेा बेला हलभित्र मात्र सिमित भयो भनेर चिन्ता व्यक्त गर्न थालेका छन ।

‘ हामी नेपाली सबैको उद्धेस्य एकै भएकोले प्रत्येक वर्ष भव्यरुपमा बुद्ध जयान्ती मनाउ भनेर शेर्पा किदुगको संयोजकत्वमा पदयात्रा गरेर हामीेले शुरु गरेको थियौ ‘ शेर्पा किदुगका निवर्तमान अध्यक्ष दावा जाङबु शेर्पाले भने-‘ बुद्ध जयान्ती जस्तो विशाल कार्यक्रम ज्याक्सनहाइटको सिमित हलभित्र टिकट राखेर सागुरो बनाउनु हुदैन्थ्यो ‘ ।

‘ साकादावामा हामीले धार्मिक रुपमा मनाएपनि बुद्ध जयान्ती उत्सवको रुपमा मान्नु पर्छ यो दिन अमेरिका जस्तो मुलुकमा हामी सबैको साझा सस्था हिमालयन बुद्धिष्ठ कम्युनिटिले अरु विभिन्न देशहरुको बौद्धधर्मवलाम्बीलाई बोलाएर व्यापाक रुपमा मनाउनु सक्नु पर्छ’ हिमालयन बुद्धिष्ट कम्युनिटिका सस्थापक अध्यक्ष लोप्साङ ठिले शेर्पाले बताए । उहाका अनुसार शुरुमा दलाई लामाको कार्यक्रमको समयमा भेला भएका सबै हिमाली बुद्धिष्ठ कम्युनिटिको भेलाले २००७ मा दर्ता भएको हिमालयन बुद्धिष्ठ कम्युनिटिको मुख्य उद्धेस्य भनेकै हिमालयन कम्युनिटिको हितसंगै बुद्ध जयान्ती व्यापाक प्रचारप्रसार गरि मनाउनु पर्छ भन्ने हो ।

‘ अघिल्लो वर्षहरुमा जसरी भएपनि यस पटकको बुद्ध जयान्ती अमेरिकाको सवैभन्द राम्रो र ठुलो कार्यक्रम हो ‘ हिमालयन बुद्धिष्ठ कम्युनिटिका अध्यक्ष तेन्जिङ उक्यापले भने-‘ यो हल्ला गर्ने र राजनिति गर्ने कार्यक्रम होइन’ उनले भने । हामी धर्म गर्नेले २० डलर त जसले पनि दिन सक्छ भनेर रिम्पोचेनै आउनु हुने भएपछि हामीले टिकट राखेको हौ । उनका अनुसार कार्यक्रममा १ हजार जना आउने भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार  १० : ५४ बजे