काठमाडौं । पुनर्गठित (माओवादी केन्द्र) का ५/६/७ नम्बर प्रदेश संयोजक तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष आलोक रायमाझीले नेत्र विक्रम चन्द विप्लव, मोहन वैद्य र गोपाल किरातीलाई गोली हान्न सरकारसँग माग गरेका छन् ।
काठमाडौंमा नेकपा (माओवादी केन्द्र) को भातृसंगठन अखिल (क्रान्तिकारी) केन्द्रीय समितिले आयोजना गरेको `भेला तथा विशेष प्रशिक्षण कार्यक्रममा रायमाझीले उक्त माग गरेका हुन् ।
प्रशिक्षण कार्यक्रममा मन्तव्य प्रदेश संयोजक रायमाझीले भने `विप्लव, वैद्य र किरातीले उत्पीडित वर्ग, जाति, क्षेत्र र लिंगका समुदायको हकहितका निमित्त हिजो पनि लडे, आज पनि संघर्ष गर्ने कुरा गर्छन् । यस्तो कुरा अहिलेको केपी सरकारमा गर्ने कुनै अधिकार छैन, यो सरकारमा यस्तो कुरा गर्नु पनि पाप हो,अपराध हो, त्यसैले सरकारसंँग म जोडदार माग राख्छु। विप्लव, वैद्य र किरातीलाई गोली ठाेक ।´
रायमाझीले तीन नेताले माओवाद र पहिचानको कुरा गर्ने, भ्रष्टाचार, कालोबजारी, तस्करी, अनियमितता, वेथिती, बलात्कार,अन्याय र अत्याचारको विरुद्धमा सशक्त आवाज उठाउँदै आइरहेकाले सरकार उनीहरुको विरुद्ध लागेको आरोपसमेत लगाए ।