२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

नेविसंघको प्रशिक्षण कार्यक्रम अनिश्चितकालका लागि स्थगित


२६ बैशाख २०७५, बुधबार  

0
Shares

काठमाडौं । आन्तरिक विवाद चर्किएपछि नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आजको प्रशिक्षण कार्यक्रम स्थगित भएको छ ।

आज बिहान ८ बजेका लागि अध्यक्ष नैनसिंह महर पक्षधरले बोलाइएको कार्यक्रमस्थल नजिकै महामन्त्री कुन्दनराज काफ्ले पक्षधरले पनि कार्यक्रम गर्न मञ्च तयार गरेपछि कार्यक्रम रोकिएको थियो ।

सुन्दरीजलस्थित वीपी संग्राहलयमा बोलाएको प्रशिक्षण कार्यक्रममा अध्यक्ष महर पक्षधरले पार्टी सभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिमा निम्तो दिएका थिए ।

देउवा १० बजे आइपुग्ने कार्यक्रम रहेपनि विवाद देखिएपछि कांग्रेसका कुनै नेता कार्यक्रमस्थलमा देखिएनन् । कार्यक्रममा अन्योलता देखिएपछि विद्यार्थी नेताहरु विवाद सुल्झाउन कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

विवाद अन्त्यका लागि भएको छलफल टुंगोमा नलागेपछि तीनजना महामन्त्रीले विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार  ७ : ५५ बजे