काठमाडौं : नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुगेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उनलाई स्वागत गरे । ५ बजे टुँडिखेलमा सैनिक मञ्चमा मोदीलाई गार्ड अफ अनर दिएर सम्मान दिने कार्यक्रम रहेको छ ।
काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नेछन् भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्नेछ ।