२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

नेपालीको शानका लागि मे २० मा परेडमा सहभागी हुन एनआरएन अमेरिकाको अपिल


५ जेष्ठ २०७५, शनिबार  

0
Shares

न्युयोर्क । गैरआवासीय नेपाली संघ अमेरिकाले मे २० मा न्युयोर्कमा हुन लागेको नेपाल डे परेडमा उत्साहपूर्वक सहभागी हुन सबैलाई अनुरोध गरेको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेल र महासचिव बिआर लामाद्वारा स‌ंयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै केही मतमतान्तरलाई थाँती राख्नै परेडमा सहभागी हुन अनुरोध गरेको हो ।

‘हाम्रा झिनामसिना मतमतान्तरलाई एक छेउमा थाँती राखी नेपाल र नेपालीको शान र मानका लागि नेपाल डे परेड उत्सवको रुपमा न्युयोर्क लगायत वरिपरिका राज्यहरुबाट नेपाली एेक्यबद्धता प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्छ भन्ने हाम्रो मान्यता रहि आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यही विश्वास र आस्थासहित यही मे २० मा हुन गइरहेको तेस्रो नेपाल डे परेडलाई महोत्सवको रुपमा मनाउन यहाँहरु सम्पूर्णको सक्रिय सहभागिताको लागि गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका हार्दिक अनुरोध गर्दछ ।’

प्रकाशित मिति : ५ जेष्ठ २०७५, शनिबार  ५ : १७ बजे