१९ कार्तिक २०८१, सोमबार | Mon Nov 4 2024

नेपालको लागि टिपिएस पुन दर्ता आजदेखि


Ang

९ जेष्ठ २०७५, बुधबार  

0
Shares

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी ( युएससिआइएस )ले टिपिएस लिएका व्यक्तिहरुलाई पुन दर्ता गर्नका लागी आज मे २२ तारिखको दिन सुचना प्रकाशित गरि जुलाई २३ भित्रमा दर्ता गर्न सकिने म्याद दिएको छ । विशेष गरि यतिखेर टिपिएसको सुविधा लिएका करिब ८ हजार ५ सय नेपालीहरुले यो अवधीभित्रमा पुन दर्ता गरिसक्नु पर्नेछ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटिले नेपाललाई सन २०१५ को जुन २४ देखि दिदै आएको टिपिएसको सुविधा जुन २४ को २०१९ मा समाप्ती हुने घोषणा गरिसकेको छ ।
‘ यो अवधीमा टिपिएसमा रहेका व्यक्तिहरुलाई अरु स्टाटसमा जाने र अन्य बैकल्पिक कानुनी उपाय खोज्ने मौका पनि हो’ कानुन व्यवसायी बासु फुलाराले एभरेष्टटाइम्ससग भने-‘ काम गर्नका लागी टिपिएसद्धारा पाएको वर्कपरमिट आगामी डिसेम्बर २१ ,२०१८ सम्म प्रयोग गर्न सकिने भएपनि जुन २४ ,२०१९ सम्म काम गर्न चाहनेहरुले वर्क परमिटको लागी समयमै निवेदन दिदा राम्रो हुनेछ’ ।
उनका अनुसार टिपिएस पुन दर्ता गर्नका लागी शुल्क तिर्नु नपरेपनि १४ वर्ष भन्दा माथिको व्यक्तिहरुलाई औठाछापको लागी ८५ डलर र वर्कपरमिट दर्ता गर्नका लागी ४१० डलर शुल्क होमल्याण्ड सेक्युरिटिलाई बुझाउनु पर्नेछ । त्यस्तै ट्राभल डकुमेन्ट फायल गर्नु परेको अवस्थामा सबैको लागी ५७५ डलर शुल्क तिर्नु पर्नेछ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार  ८ : ०२ बजे