९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

पहिलो शेर्पा महिला पत्रकार सगरमाथा आरोही डोमालाई विमानस्थलमा स्वागत


१२ जेष्ठ २०७५, शनिबार  

0
Shares

फोटो: ठिलेन लामा

काठमाडौं । पहिलो महिला शेर्पा पत्रकार सगरमाथा आरोही डोमा शेर्पालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

मे २२ बिहान ५ बजे शिखरमा पुगेकी उनी आज नाम्चेबाट काठमाडौं आइपुगेकी हुन् । उनलाई शेर्पा समूदायले बाजागाजासहित स्वागत गरिएको थियो ।

शेर्पा सञ्चार समुह नेपालको निवर्तामान अध्यक्ष समेत रहेकी शेर्पाले पायोनियर एडभेञ्चर प्रा. लि बाट सगरमाथा आरोहण गरेकी हुन् । पहिलो शेर्पा महिला पत्रकार डोमा सँगै शेर्पा सञ्चार समुह नेपाल, नेपाल पत्रकार महासंघ, इन्डिजिनियस टेलिभिजन लगायत विभिन्न संघ संस्था र मिडिया हाउसहरुको ब्यानर सगरमाथा चुचुरोमा पुर्या‍इकी छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७५, शनिबार  ८ : १० बजे