२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

घ्याल्सुम्दाले भव्यताका साथ मनायो ‘ दा -छयाङ ‘


Ang

१५ जेष्ठ २०७५, मंगलबार  

2
Shares

 

  

घ्याल्सुम्दा सेवा सस्थाले महान चाड ल्होसार पछिको महत्वपुर्ण पर्व ‘ दा छयाङ ‘ अमेरिकामा पनि भव्यताका साथ मनायो । सस्थाले विगत केही वर्षदेखिन विशेष महत्वका साथ यो पर्व मनाउदै आएको घ्याल्सुम्दा सेवा सस्थाका अध्यक्ष छिरिङ राप्के लामाले बताए । करिब सय जनाको उपस्थिति रहेको यस पटकको दाज्याङ न्युजर्सिको हवेला नामक स्थानमा भएको थियो । ‘ प्रवासमा रहेका हामीहरु आफनो मौलिक पर्वलाई विदेशमा पनि भावी पुस्तासम्म पुस्तान्तरनको लागी यो कार्यक्रम आयोजना गदै आएको हो ‘ अध्यक्ष लामाले भने’ अनेकतामा एकता र एकतामा अनेकता घ्याल्सुम्दा  सस्थाको विशेषता भन्ने नाराका साथ वर्षनी निरन्तर रुपमा सकारत्माक सोच र शक्तिका साथ मनाउने लक्ष्य लियो ‘ ।

उनका अनुसार मे २६, २७ र २८ तीन दिन भएको कार्यक्रमको पहिलो दिन विहान धार्मिक परम्परा अनुसार पुजा गरि मनोरञ्ननका लागी दिउसो तारा हान्ने र दोश्रो दिन भने विहानी पुजापछि राक्षस राक्षेनिको तस्विर राखेर बाण हान्ने प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा डा धाग्याल्पो  पुनेल र राजु लामा ( कान्छाराजु ) विजेता भएका थिए । विजेता द्धायलाई सस्थाको प्रमुख लामा तेन्जिङबाट प्रमाण पत्र र अध्यक्ष लामाको हातबाट खादा र फुल लगाइदिएका थिए । तेस्रो दिन समापान कार्यक्रम सहित रमाइलो गरेका थिए । तीन दिनको कार्यक्रमको साझमा सस्थाकै आमा समुह र सेभ द कल्चरले संयुक्त रुपमा विशेष सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । दा छयाङ कार्यक्रम तयारी समितिको संयोजन मोहन पुनेलको समुहले गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार  १० : ३३ बजे