२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

थपिए दुई मन्त्री, उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी


१८ जेष्ठ २०७५, शुक्रबार  

0
Shares

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद इस्तियाक राईलाई सहरी विकास मन्त्रीमा नियुक्त गरेकी छन् ।

नवनियुक्त मन्त्रीद्वय संघीय समाजवादी फोरम नेपालका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उहाँहरुलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।

यसअघि ती दुवै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार  ५ : ०५ बजे