६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

न्युयोर्कमा बाजेको सेकुवा


Ang

२१ जेष्ठ २०७५, सोमबार  

0
Shares


कुनै बेला यतिहयेजन त्यसपछिको मालिङगो रेष्टुरेन्ट अब बाजेकेा सेकुवा रेष्टुरेन्टमा परिणत भएको छ । न्युयोर्कको सनीसाईडमा रहेको बाजेकेा सेकुवा नेपालको बाजेको सेकुवाको ब्राण्डको रुपमा खोलेको रेष्टुरेन्ट हो । यो रेष्टुरेन्ट केही समयदेखि चालु भएपनि आधिकारिक उदघाटन भने सुक्रबारदेखि भएको छ ।

रेष्टुरेन्टको उदघाटन पाच कन्याद्धार बत्ति बालेर गरेका थिए । उदघाटन कार्यक्रमको दिन स्थानीय विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए । ३ दशक अघि काठमाडौमा दिननाथ भण्डारीले सिनामंगलमा खोलेको बाजेको सेकुवा नेपालको विभिन्न स्थानहरुका खोलिसकेका छन । त्यही बाजेको सेकुवाको नामबाट न्युयोर्कमा पदम गुरुङ, सुरेन्द्र रायमाझी, दीपक भण्डारी,गणेश लम्साल र केदार श्रेष्ठले संयुक्त रुपमा सञ्चालन गरेका छन । रेष्टुरेन्टको सबै खाना परिकारहरुको स्वाद नेपालकै स्वादमा उपलब्ध भइरहेको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार  ५ : ३४ बजे