सर्बोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक दिनको सम्झना गदै एनआरएनए पर्यटन समितिले न्युयोर्कमा ‘ पर्यटन पर्वद्धनका लागी एनआरएनएको भुमिका ‘ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । स्थानीय थकाली किचन रेष्टुरेन्टमा आयोजित कार्यक्रममा एनआरएन एनसिसि युएसएका महासचिव विआर लामाले एनआरएनए आइसिसिले पर्यद्धन प्रर्वद्धन गर्ने लक्ष्य लिएपनि एनसिसिसग समन्वय गर्न नसकेको दुखेसो व्यक्त गरे । ‘ अतिथि देवो भवो भन्ने नाराकासाथ पर्यटन प्रर्वद्धन गर्ने लक्ष्य लिएका एनआरएनए आइसिसिले एनसिसिलाई खासै समन्वय गर्न सकेको छैन’ महासचिव लामाले बताए ।
एनआरएनए पर्यटन प्रर्वद्धन समितिद्धारा न्युयोर्कमा पहिलो पटक आयोजित उक्त अन्तरक्रियामा युएस नेपाल क्लाइवर्स एसोसियनका अध्यक्ष पासाङरिन्जी शेर्पाले सगरमाथामा भइरहेको फोहोर सरसफाईमा र आरोहीहरुको सुरक्षामा सरकारले विशेष ध्यान दिनु पर्ने बताएका थिए । त्यस्तै लुम्बिनी विकास कोषका पुर्व सदस्यसचिव आङ दावा शेर्पाले सगरमाथाकै कारणले नेपाललाई विश्वमा चिनाएकोले मुलुकको पर्यटनमा सगरमाथाको विशेष योगदान रहेको बताउदै विदेशमा हरेक वर्षको मे २९ तारिखलाई माउन्ट एभरेष्ट डे को रुपमा परेड गरि मनाउनु पर्ने धारण राखेका थिए ।
‘ नेपालको पर्यटन प्रर्वद्धनका लागी एभरेष्ट मात्र भनेर होइन अब माउन्ट एभरेष्ट डे भनेर एनआरएनएले विश्वभरि मनाउनु सक्नु पर्छ’ पुर्व सदस्य सचिव शेर्पाले बताए । विदेशमा पर्यटन प्रर्वद्धनका लागी स्थापित नेपाल पर्यटन बोर्डले प्रभावकारी भुमिका खेल्न नसकेको दुखेसो ब्यक्त गरेका थिए । सगरमाथा आरोहण गर्ने पहिलो दक्षिण एसियाली पत्रकार आङछिरिङ शेर्पाले एनआरएनए आइसिसि, नेपाल पर्यटन बोर्ड र नेपाल सरकारले अमेरिकामा सगरमाथा दिवससंगै यस अवसरमा वासिङटन डिसि र न्युयोर्कको टाइम्सस्वायरमा गुडने बस र होल्डीङ बोर्डमा नेपाल चिनाउने प्रचार सामाग्री राखेर नेपाल चिनाउन कार्य गर्नु पर्ने बताएका थिए । नेपाल सरकारले विश्वकीर्तिमानी आरोही स्व बाबुछिरि शेर्पाको शालिक र सग्रहलय विना परामर्स हटाउन खोजेको घटनाप्रति दुख व्यक्त गदै तत्काल हटाउन बन्द गरि सबैको सहमतिमा अन्यत्र व्यवस्थीत रुपमा राख्नु पर्ने माग आरोही पत्रकारले राखेका थिए ।
कार्यक्रममा शेर्पा किदुगका महासचिव तेन्डी शेर्पाले नेपालमा गुणस्तरिय पर्यटन भित्राउनमा सरकारले विशेष निति ल्याउनु पर्ने बताएका थिए । त्यसैगरि नेपाली जनसम्पर्क समितिका पुर्व संयोजक विष्णु सुवेदीले नेपालमा अहिले कम्युनिष्ट सरकार भएको यो अवस्थामा सरकारले विदेशी पर्यटकलाई यो अन्य मुलुकको जस्तो कम्युनिष्ट होइन भनेर पुष्टयाउन जरुर रहेको बताएका थिए । एनआरएन एनसिसि बोर्ड अफ डाइरेक्टर ङिमा ग्याल्जेन शेर्पाद्धारा सञ्चालित कार्यक्रममा एनआरएनए आइसिसिका सदस्य बन्दना कोइरालाले अमेरिकामा पहिलो पटक एनआरएन न्युयोर्क च्याप्टरको संयोजनमा नेपाल डे परेड सम्पन्न भएको र पर्यटन प्रर्वद्धन समितिले पहिलो पटक सगरमाथा दिवस र पर्यटन प्रर्वद्धन कार्यक्रम गरेकोमा खुसी व्यक्त गरेकी थिइन । त्यस्तै एनआरएनए आइसिसिको उत्तर अमेरिकी क्षेत्रिय उपसंयोजक नविन शेरचनले मुलुकमा आर्थिक क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सक्ने एनआरएनएको नाममा बेग्लै मन्त्रालय स्थापना गर्नुपर्ने सरकार समक्ष माग राखेका थिए । ‘ नेपालमा व्यवसाय गर्ने चाहने एनआरएनहरुले दर्ता देखि अनेक निकै सास्ती खेप्दै आएकोले अब व्यवसाय गर्न चाहने एनआरएनएहरुलाई सरकारले विना झन्जट सुविधा दिन सक्नु पर्छ’ ।
नेपाली कन्सुलेटका उपमहाबाणिज्यदुत पुष्प कुमार भट्टराईले अमेरिकामा रहेका एनआरएनएले नेपालको पर्यटन प्रर्वद्धनको सवालमा केही गर्छु भनेर निश्चित खाका ल्याएको खण्डमा सरकारको तर्फबाट जहिलेपनि सहयोग गर्न तयार रहेको बताएका थिए । एनआरएन पर्यटन प्रर्वद्धन समितिका संयोजक तथा एनआरएन आइसिसि पर्यटन प्रर्वद्धन समितिका सदस्य आङ जाङबु शेर्पाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा संयोजक शेर्पाले नेपालको पर्यटन प्रर्वद्धनका लागी सगरमाथा आरोहीहरु, पर्यटन व्यवसायीहरु र सस्थाका प्रतिनिधिहरुको साथमा पहिलो पटक न्युयोर्कमा सगरमाथा दिवस र अन्तरक्रिया कार्यक्रम गरेको बताएका थिए । विश्वमा नेपाललाई चिनाउने सगरमाथालाई एनआरएनएले विदेशमा माउन्ट एभरेष्ट डे को रुपमा भव्यताका साथ मनाउनका लागी विशेष पहल गरिने बताएका थिए ।