संखुवासभा जिल्ला मादी थमखर्का नगरपालिकाका एक विधुवा आमा आर्थिक अभावको कारण आफनो सन्तानको उपाचारमा निकै दुख भोग्नु परिरहेको समाचार बाहिर आएपछि न्युयोर्क निवासी लामा टुल्कुको श्रीमति पासी शेर्पाले विधुवा आमाको आशुलाई हासोमा ल्याउन दिनरात लागी परिन ।
गरिव, दुखि र रोगीहरुको सेवानै धर्म हो भन्ने भावना बोकेकी पासीले विधुवा आमाले आर्थिक अभावको कारण १२ वर्षको सन्तान मिङ फुरि शेर्पाको उपाचारमा कठिनाई भएको दुख र पिडा देखेपछि न्युयोर्कमा रहेका आफन्तहरु, सहयोगीहरु र संखुवासभाबासीलाई विशेष आग्रह गरेर ९ हजार ६ सय ७ डलर संकलन गर्न सफल भएकी छन ।
करिब दुई हप्ताको छोटो अवधीमा विभिन्न व्यक्तिहरुबाट ७ हजार ४ सय ९४ र संखुवासभा न्युयोर्क समुहबाट २१ सय १३ डलर गरि ९ हजार ६ सय ७ डलर संकलित रकम चाडै पिडितलाई दिने तयारी भइरहेको उनले बताए । रकम संकलनपछि पासीले फेसबुक मार्फत एक विधुवा आमालाई परेको यो दुखमा सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिदै सबै सहयोगीहरुको नाम आफनो फेसबुकमा राखेकी छन ।
गरिब दुखि र रोगी हरूको सेवा गर्नूनै धर्म हो भन्ने कुरा लाई मध्यनजार राख्दै संखुवासभा जिल्ला मादी थमखर्का नगारपलीका ३ निवासी मिङ फूरि शेर्पा बर्ष १२ जो मुटुको रोगी,घरपरिवरको नाजुक अवस्था भएको बिधुवा अामाको अॉंसु लाई हॉंसोमा ल्याउने प्रयसको थालनी गरिएको अभियानमा मलाई साथ दिनुहुने सम्पूर्ण साथी हरू र अार्थिक सहयोग गर्नु हुने साथीहरू लाई हृदय देखीनै धन्यवाद दिन चाहन्छु।यस अभियानमा जम्मा नगद USA $ 9,607. dollars(nine thousand thirty three) नेपाली रू १०,२६,४३५ जम्मा भएको जानकरि गर्न चाहानछु।निम्नलिखित व्याकति हरूको साहयोगमा उक्त रकम जम्मा भएकोहो।
साहयोगी साथीहरू।
१)श्री कुङगा टाकतोक शेर्पा, सोलु।
२)श्री मती पेमा शेर्पा, नजीङ सोलु।
३)श्री मती कान्छी शेर्पा च्यवा, केरूङ सोलु।
४)श्री ग्येलजेन शेर्पा, खुम्जुङ सोलु।
५)श्री वङदि लामा शेर्पा, भोजपुर।
६)श्री मती डोल्मा शेर्पा, शेरगा सोलु।
७)संखुवासभा New York USAसमुहा($2113.00)
मीङ फुरी शेर्पा को समस्या लाई online YouTube news म ल्याई दिनु हुने
Dipak Diyamedia लाई पनि हामी सम्पूर्ण टीमको तर्फबाट धेरै धेरै धन्यवाद दिन चहान्छु।
सो रकम जतिसक्दो चडै पीडीत लाई हास्तानतरण गर्ने तयरिमा छौ।